कञ्चनपुरमा नेकपा माओवादी केन्द्रले खाता खोल्यो,बेलौरी–१ को वडाध्यक्ष बने विष्ट

कञ्चनपुर । महेन्द्रनगर,कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । त्यस्तै विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ […]

गढवा गापा-८ को वडाध्यक्षमा एमालेका उम्मेदवार सिद्धिकी विजय

दाङ। देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८मा नेकपा एमालेले खाता खाेलेकाे छ । उक्त वडामा एमालेका खालिक सिद्धिकिले १०९ मतले जितेका छन् । त्यस्तै उनले माओवादी,राष्ट्रिय जनमाेर्चा र एकीकृत समाजवादीकाे गठबन्धन उम्मेदवार सद्भाम सिद्धिकीलाइ हराएका हुन् । गठबन्धनकाे प्यानललाइ हराउँदै वडा नम्बर ८ मा एमालेका उम्मेदवारले प्यानल जित निकालेका हुन । खालिक सिद्धिकिले ४९६ मत […]

मुस्ताङको घरपझोङ गापा अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार लालचन विजय

मुस्ताङ । मुस्ताङकाे घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई २ मतको रोमाञ्चक अन्तरले पराजित गर्दै काङ्ग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका हुन् । लालचनले ७६० र एमालेका सन्जयकुमार थकालीले ७५८ मत ल्याएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि नेपाली काङ्ग्रेसकै जमुना थापामगर ७९३ मत ल्याएर विजयी भएकी छिन् ।

रुकुम पश्चिमको सानीभेरी गापा-१ मा माओवादी केन्द्रको प्यानल निर्वाचित

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे । त्यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर […]

बझाङको खप्तडछान्ना गापा १ को वडाध्यक्षमा समाजवादीका जोशी निर्वाचित

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन । त्यस्तै जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।

प्युठानको सरुमारानी गापाको-६ नम्बर वडाध्यक्षमा एमालेका तिलबहादुरको प्यानल विजयी

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ । विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे । त्यस्तै महिला सदस्यमा एमालेका एनुका राहुं, दलित […]

दाङको राप्ती-९ मा माओवादीको खाता खुल्यो,३५८ मतप्राप्त गरि सुनारी विजय

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजय भएको बताइएको छ । सो वडामा जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेर विजय भएका छन् । त्यस्तै यसको औपचारिक घोषणा हुन बाँकी छ । यसअघि पनि […]

मनाङको चामे गाउँपालिकामा एमालेका घले विजय

मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् । त्यस्तै उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए ।

मनाङमा काङ्ग्रेसले खोल्यो जितको खाता, गाउँपालिका अध्यक्षमा लामा विजयी

काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोलेको छ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । त्यस्तै लामा १५८ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याएका छन् । उक्त नार्पा भूमि गाउँपालिकामा जम्मा ४ सय ८४ मतदाता थिए । जसमा ३०४ मत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]