
Fmb
Ssb
Ppu
Ksb
Tgp
Rks
Rsb
Csb
Usb
Ksb
jsb
Bsn
Nsb
Gsb
Ksb
Ssb

Gsb
Usb
Ssb
Hl1
Tsb

ptl
Rgu
Nps
दाङ । दाङको घोराही उपमहानगरपालकामा नेकपा एमालेबाट नगरप्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका नरुलाल चौधरी र हुमा डिसीले अग्रता निरन्तर कायम गर्दै गइरहेका छन्।
साँझ साढे ४ बजेको मत परिणामअनुसार चौधरीले ३२ हजार ३१२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। ६८ हजार ३६१ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार चौधरीले गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड)लाई ६१३० मतले पछि पार्दै अग्रता कामय गरेका हुन्।
शर्माले २६ हजार १८२ मत प्राप्त गरेका छन्। उपप्रमुख पदमा पनि नेकपा एमालेले अग्रता लिइरहेको छ। एमालेकी हुमा डिसीले ३० हजार ६२४ मत प्राप्त गरेकी छिन्। डिसी ३५७ मत अन्तरले अघि छन्। उपप्रमुखमा कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले ३० हजार २६५ मत प्राप्त गरेका छन्। घोराहीमा ७६ हजार २४२ मत खसेको थियो।
