Sidha Patra बुधबार, जेठ ०४, २०७९

दाङ । दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल (विश्वास) निर्वाचित हुनु भएको छ ।

त्यस्तै उहाँले ६९०९ मतसहित अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार सर्वजित डिसीले ६१६७ मत पाउनु भएको थियो ।

यस्तै नेकपा एमालेका उम्मेदवार सहजराम यादवले ४१३१ मत पाए पराजित हुनु भएको छ । यसैगरी उपाध्यक्षमा नेपाली काङ्ग्रेसकी उम्मेदवार शारदा चौधरी निर्वाचित हुनु भएको छ । उहाँले ५१८१ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता कुमारी चौधरीले ४ हजार ८३० मत पाउनु भएको थियो ।

त्यस्तै माओवादी केन्द्रसँग तालमेल गरेर उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी एकीकृत समाजवादीकी शान्ति चौधरी भने पराजित बेहोर्नु भएको छ । उहाँले ४११२ मत मात्र पाउनु भएको थियो । उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष चुनिनु भएको थियो ।

यसैगरी गढवा गाउँपालिकामा जम्मा ८ वटा वडाहरु छन् । चार वटा वडा माओवादीले जितेको छ एमाले र कांग्रेसले२/२ वटा वडा मात्र जितेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]