दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले बहुमत वडा सहित विजयी भएको छ।
प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी पुन: दाेहाेरिनु भएको छ भने उपप्रमुखमा एमालेकै हुमा डिसी विजयी हुनु भएको छ । प्रमुख चौधरीले ३१७२८ मत लिउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी पाँच दलिय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा `डायमण्ड´ ले २६३६८ मत लिउनु भएको थियो ।
त्यसैगरी उपप्रमुखमा विजयी डिसीले ३०४०३ मत लिउनु भयो भने उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुप बहादुर डाँगीले ३०३५४ मत लिउनु भएको छ ।
यसैगरी उपमहानगरपालिकामा जम्मा १९ वडा रहेकाेमा अध्यक्ष १३ वटा वडाहरुमा एमालेले १,२,३,४,५,६,७,८,११,१२,१४,१७ र १८ वडा लिएको छ। त्यस्तै पाँचवटा वडा नेपाली कांग्रेसले १०,१३,१५,१६ र १९ लिएको छ भने बाँकी एक वटा वडा नम्बर ९ माओवादीले केन्द्रले लिएको छ।