जनज्योति माविमा कार्किद्वारा पत्रकार सम्मेलन गर्दै:

दाङ । देउखुरी राजपुर गापा वडा नम्बर २ मा रहेको जनज्योति माविको पुर्खौली भवनको हिसाब किताब आम नागरिकको बिचमा सार्वजनिक गर्नुपर्ने लगायतको विषयमा छिट्टै स्कुल प्राङ्गणमा राजपुर २ निवासी नरबहादुर कार्कीले पत्रकार सम्मेलनको आयोजना गरिने ब्यहोरा सिधापत्र अनलाईनलाई बताएका छन। कार्किले बिध्यालयको पुर्खौली भवन करिब ६० लाख बराबरको मुल्यको घरको हिसाबकिताब बिध्यालयमा देखा नपरेकोमा चिन्ता […]

व्यवसायीक प्रयोजनका लागि निर्माण गरिएका सटरको उदघाटन

दाङ । घोराही उपमहानगरपालिका(१० नारायणपुरमा रहेको श्री सिद्धरत्ननाथ नमूना माद्यामिक विद्यालयको जग्गामा निर्माण गरिएका सटरहरुको उदघाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिले स्कुलको आम्दानी बढाउनका लागि निर्माण गरेका १९ वटा सटरको उदघाटन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक पाण्डेको अध्यक्षता तथा घोराही उपमहानगर पालिकाका सामाजिक शाखा प्रमुख एवं घोराही उपमहानगरपालिका १८ का अध्यक्ष […]

अकोराबको अध्यक्षमा अर्जुन गिरी निर्वाचित

दाङ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को केन्द्रीय अध्यक्षमा दाङका अर्जुन गिरी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेडियो तुलसीपुर एफएमका स्टेशन म्यानेजर गिरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।जम्मा एक सय ७८ मत खसेकोमा गिरीले एक सय ६२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी कपिलदेव खनालले १४ मत प्राप्त गर्नुभएको छ । […]

तुलसीपुरको पर्सेनीमा लागेको भोटेमेलामा ‘घोडा दौड’ को झल्को

दाङ । दाङमा ऐतिहासिक भोटे मेला बुधबारदेखि सुरु भएको छ । जुम्ला,हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडिबुटी, राडी,कम्बल बेच्न आएका भोटेहरुले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ । तर, त्यो मेला २०६१ सालदेखि बन्द थियो । गएको बर्षदेखि दाङबासीले नै चासोकासाथ यो मेला लगाउने गरेका छन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन सुरु […]

देउखुरी उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीले खाए सपथ

दाङ । देउखुरी उ.वा.संघका नवनिर्वाचित पदाधिकारीहरु लाई एक समाराेहका सपथ ग्रहण तथा पदहस्तारणकाे कार्यक्रम आज लमहीमा संम्पन्न भएको छ ।नवनिर्वाचित अध्यक्ष लागि निर्वाचन मण्डलका संयाेजक लिला राम खनालले सपथ खुवाउनु भएको थियाे भने अध्यक्ष खगेश्वर खनालले अन्य पदाधिकारीहरु लागि सपथ खुवाउनु भएको थियाे ।यस्तै अध्यक्ष रन्त प्रसाद श्रेष्ठले अध्यक्ष खनाल लागि नेपाल उ.वा.महासंघकाे सदस्यकाे लाेगाे […]

देउखुरी उबा संघका नबनिर्बाचित पदाधिकारी हरुलाई भोली सपथ ग्रहण गराइने

दाङ । देउखुरी उद्योग वाणिज्य संघका नबनिर्बाचित पदाधिकारीहरुलाई भोली बुधबार एक समारोहका बिच सपथ ग्रहण गराइने भएकाे छ । गएको फागुन २३ गते नयाँ नेतृत्व सर्बसहमतमा आएपछि नयाँ पदाधिकारी हरुलाई सफथ ग्रहण गराउन लागेको निर्वाचन मण्डलका संयोजक लिलाराम खनालले जानकारी दिनु भएको छ । दुई जना उम्मेदवारले सदस्य पद फिर्ता लिएपछि नयाँ नेतृत्व सर्बसहमतबाट चुनिएको […]

भारतीय एक नागरिक लागु औषध सहिद देउखुरीबाट पक्राउ

दाङ । प्रहरीले लागु औषध व्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लमही नगरपालिका वडा नम्बर ७ कप्तान गन्जबाट सोमबार दिउँसो साढे १ बजे तिर भारतिय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको सरावस्तीथाना भेन्साका हाल कप्तान गन्जमा डेरा गरी बस्ने २३ बर्षीय शम्शासाद राजा रहेको जिल्ला प्रहरी कार्यालय […]

राजपुरमा १११ औं नारी दिवश विभिन्न स्थानमा मनाइयो

दाङ । देउखुरीको राजपुर गाउँपालिकाको वडा नम्बर १ देखि ७ नम्बर वडाको १० वटा स्थानमा १११ औं अन्तरास्ट्रिय नारी दिवश भव्य साथ सोमबार सम्पन्न भएको छ ।राजपुरको १ कठबेरुवाको बाल जनता प्रावीको प्राङ्गणमा उक्त वडामा रहेको सित्तल छाँया समुह समितीको आयोजनामा नारी दिवश मनाईएको हो । समितिका अध्यक्ष भेगि डाङ्गीको अध्यक्षता,राजपुर गा.पाका उपाध्यक्ष धनपतिदेवी यादवको […]

देउखुरीको लमहीमा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

दाङ । देउखुरीको लमहीमा आज र्‍याली र लोकगीत प्रतियोगिता कार्यक्रम गरी १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । लमही नगरपालिका नगरकार्यपालिकाको आयोजनामा र्‍याली र लोकगीत प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको हो । उपप्रमुख देबका बेल्बासेको अध्यक्ष्यता तथा लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतमको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको बिशिष्ट आतिथ्यतामा […]

शिवरात्री नजिकिंदै गर्दा देउखुरीको जखेरा तालमा पर्यटकको घुँइचो

दाङ । हिन्दु धर्मावलम्बीको विशेष पर्व शिवरात्री नजिकिदै गर्दा लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्रविन्दुकाे रुपमा परिचित जखेरा तालमा आगन्तुकको घुँइचो लागेको छ। कोरोना कहरले सुनसान भएको जखेरा ताल यति बेला रमझमले भरिएको छ । कोरोनाको जोखिम अझै कायमै रहेकाले त्यसबाट बच्ने उपाय र मापदण्ड अपनाएर जखेरा ताल घुम्न आएका पर्यटकहरुलाई आफ्नो तर्फबाट सचेत गराउने गरेको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]