
Sds
Mbdvs
mbd
Gisld
Rbs
Pbu

nsb
Sbs
Rgu
Vor
Asm
Ggd
Hal
Rsb
Pvg
Bbbpu
Sls
Gst
Rgs
Ksm
Ssm
Wsp
Bbu
Tsm
Rgu

Pls
Gsb
sab
Bml
Jmb
Jmb
Rmb
Mks
bbt
Syp
Ptm
Rpp
Abd
दाङ । दाङमा ऐतिहासिक भोटे मेला बुधबारदेखि सुरु भएको छ । जुम्ला,हुम्ला, मुगुलगायतबाट यार्सागुम्बा, जडिबुटी, राडी,कम्बल बेच्न आएका भोटेहरुले दाङको तुलसीपुरमा भोटे मेला लगाउने गरेको इतिहास छ । तर, त्यो मेला २०६१ सालदेखि बन्द थियो ।
गएको बर्षदेखि दाङबासीले नै चासोकासाथ यो मेला लगाउने गरेका छन् । ऐतिहासिक मेलालाई संरक्षण गर्ने उद्देश्यले मेला लगाउन सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले बताए ।
उनका अनुसार बुधबारदेखि सुरु भएको मेला चैत २ गतेसम्म सञ्चालन हुनेछ । उक्त मेलाको लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुभएको हो । भोटे मेलाको उद्घाटन गर्दै उहाँले मेला ऐतिहासिक भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताउनु भयो ।
यो मेलाको बिशेषता नै घोडादौड रहेको भन्दै यो प्रतियोगितालाई राष्ट्रिय स्तरको बनाउनुपर्ने उहाँले बताउनु भयो । यो मेलालाई परिस्कृत गरेर थप ब्यबस्थित गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले उपमहानगरपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थल संरक्षणको कार्य गरिरहेको भन्दै यसलाई निरन्तरता दिएको बताउनु भयो । यो मेलालाई इतिहासि झल्किने गरि मेलालाई निरन्तरता दिने बताउनु भयो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित पर्सेनीमा उक्त मेला लाग्ने गरेको छ । वडाध्यक्ष टोपबहादुर केसीका अनुसार पहिले सार्वजनिक जग्गामा मेला लगाईने गरिएको भएपनि त्यो जग्गा अतिक्रमणमा परेकाले खोलामा मेला लगाउनुपर्ने बाध्यता रहेको बताउनु भयो । नजिकै शबदाह स्थल भएको, नजिकै विद्यालय जाने बाटो समेत भएकाले अन्य स्थानमा सार्नुपर्ने अबस्था रहेको बताउनु भयो । सार्वजनिक जग्गामा संरचनाहरु समेत बनेकाले अन्य स्थानमा मेला लगाउनकालागि ठाउँ खोजी भइरहेको उहाँले बताउनु भयो ।
मेलामा घोडा दौड प्रतियोगिता समेत गराईएको थियो । जसले पुर्खाहरुको झल्को देखाएको थियो । ‘धेरै पछि घोडादौड प्रतियोगिता भयो’, स्थानीय प्रेम केसीले भने, हामी पहिले पनि घोडा दौड हेर्न आउथ्यौं, धेरै पछि यो हेर्दा निकै खुसी भयो ।’ भोटेहरुले लगाउँदा जतिको मेलाको रौनकता नभएपछि त्यतिबेलाको मेलाको याद मेटाउने कोशिष गरेको स्थानीय खुमानन्द अधिकारीले बताए ।
६ दिनसम्म चल्ने मेलामा बिभिन्न सांसकृतिक प्रस्तुतीहरु रहनेछन् । मेलामा एकसय ३० वटा स्टल राख्नुकासाथै बाल उद्यान, मौतकी कुवा,पिङलगायत मनोरञ्जनका सामग्री समेत राखिएको छ । साथै स्थानीय उत्पादन प्रबद्र्धन, स्थानीय लोक संस्कृति संरक्षण, देउडा नाचलगायत प्रस्तुत गरिनेछ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ कार्यालयको संरक्षकत्वमा ,तुलसीपुर एक्सप्रेस प्रालिले मेलाको आयोजना गरेको हो , भने सहआयोजकमा रानीघाट युवा क्लब रहेको छ ।
मेलाको इतिहास
भोटेहरु हिमालबाट घोडा चढेर फागुनमा दाङ आईपुग्थे । उनीहरुले आफुहरुले ल्याएको जडीबुटी, यार्सागुम्बा, कम्बल, राडी लगायत स्थानीय उत्पादन विक्रि गर्ने गर्थे । उनीहरु रात परेपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित पर्सेनीमा बास बस्थे ।
त्यही बास बसेको ठाउँ उनीहरुले आफ्ना संस्कृती झल्किने नाँचगान प्रस्तुत गर्थे । जुन दिन शिवरात्री पथ्र्यो । त्यही दिन घोडा दौड प्रतियोगिता समेत राखे । त्यही घोडादौड प्रतियोगिता हेर्न धेरै मान्छेहरु जम्मा हुन्थे ।
त्यसपछि त्यो ठूलो मेलाका रुपमा परिणत भयो । त्यसपछि प्रत्येक शिवरात्रीका दिन मेला लाग्ने गथ्र्यो । भोटेहरुले हिमालबाट ल्याएका सामग्रीहरु समेत बिक्री हुने गरेको तुलसीपुर ७ निवासी ८७ बर्षीय दोर्ण बहादुर केसीले बताए ।
सशस्त्र द्वन्द्वका कारण २०५४ सालदेखि भोटेहरु दाङ आउन छोडे । तत्कालीन माओवादी र सरकारबिच चर्किएको द्वन्द्वका कारण भोटेहरु आउन छोडे पनि स्थानीयहरुले मेला लगाए । मेलामा स्थानीय संस्कृति झल्किने नाचगान गरिन्थ्यो ।
जिल्लाका विभिन्न ठाउँका मानिसहरु स्थानीय उत्पादन विक्रि गर्न मेलामा आउँथे । तर, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनी निवासी ७६ वर्षीय खुमानन्द अधिकारीका अनुसार २०६१ सालदेखि मेला पूर्णरुपमा बन्द भयो ।
स्थानीय युवाहरुबीच मेला लगाउने विषयले उग्ररुप लिएर झडप समेत भएपछि तत्कालिन हलवार गाविसले मेला लगाउन प्रतिबन्ध गरेपछि १५ बर्ष सम्म मेला लाग्न सकेको थिएन । गएको बर्षदेखि पुनः मेला लाग्न सुरु भएको छ । भोटेहरुले लगाउँदै आएको मेलामा पछिल्लो समय दंगालीहरुको पनि चासो बढेको देखिन्छ । कला संस्कृतिको संरक्षण तथा स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले मेलालाई निरन्तरता दिन लागिएको हो । यसैबीच मेलाको दोस्रो दिन भोलि(विहिबार) गायक चन्द्र शर्मा, दुर्गेश थापा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक संयोजक समेत रहेका दिपक कुमालले बताएका छन् ।
