
Pbu
Mbdvs
Sds
Rbs
mbd
Gisld

Pvg
Sbs
Rgu
Rsb
Gst
Rgs
Bbu
Rgu
Asm
Ksm
Ssm
Wsp
Hal
Vor
Bbbpu
nsb
Tsm
Ggd
Sls

Syp
Abd
Jmb
Rmb
Gsb
Jmb
Pls
Ptm
Rpp
bbt
Mks
sab
Bml
दाङ । हिन्दु धर्मावलम्बीको विशेष पर्व शिवरात्री नजिकिदै गर्दा लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्रविन्दुकाे रुपमा परिचित जखेरा तालमा आगन्तुकको घुँइचो लागेको छ। कोरोना कहरले सुनसान भएको जखेरा ताल यति बेला रमझमले भरिएको छ । कोरोनाको जोखिम अझै कायमै रहेकाले त्यसबाट बच्ने उपाय र मापदण्ड अपनाएर जखेरा ताल घुम्न आएका पर्यटकहरुलाई आफ्नो तर्फबाट सचेत गराउने गरेको ताल संरक्षण समितिका महासचिव लोकमणी बन्जाडेको भनाइ छ।
फागुन २७ गते शिवरात्रीको अवसर पारी जखेरा तालमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा लोक तथा दोहोरी गायिका ज्योती मगर लगायतका अन्य कलाकारहरु आउने भएका छन् । लुम्बिनी प्रदेशको राजधानी भालुबाङबाट २१ किलोमीटरको दुरिमा रहेको जखेरा ताल चुरे पहाडको काखमा अवस्थित रहेको छ । करिब आठ बिगाह क्षेत्रफलमा फैलिएको यस् तालको विकासमा अहिलेसम्म सरकारबाट आंशिक सहयोग भएपनि सरकारले खासै सरोकार नराखेको स्थानीय बासी सेतिराम डाँगीको प्रतिक्रिया छ
।
