बिहिबार, फाल्गुण २७, २०७७

दाङ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को केन्द्रीय अध्यक्षमा दाङका अर्जुन गिरी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेडियो तुलसीपुर एफएमका स्टेशन म्यानेजर गिरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।जम्मा एक सय ७८ मत खसेकोमा गिरीले एक सय ६२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी कपिलदेव खनालले १४ मत प्राप्त गर्नुभएको छ । जसमा ३ मत बदर भएको थियो । गिरी यसअघि बरिष्ठ उपाध्यक्ष रहनुभएको थियो ।

साथै केन्द्रीय सदस्यमा दाङबाट तीन जना निर्विरोध निर्वाचित हुनुभएको छ । रेडियो प्रकृतिका संगीत बस्याल, रेडियो हाम्रोे पहुँचका शुक्रराज भण्डारी र रेडियो झरणाका रोशनमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै अकोराब लुम्बिनी प्रदेशको सचिबमा रेडियो हापुरेका बालकृष्ण पाण्डे निर्विरोध निवार्चित भएको जनाइएको छ ।

टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्णे घर्ती
निर्देशक:भानु जोशी
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बाददाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रबण बस्नेत

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]