अधिकृत डाँगीलाई लमही नपामा भब्य स्वागत: रोकिएको कामकाजले तिब्रता पाउने

दाङ । देउखुरीको लमही नगरपालिकाले सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई स्वागत गरेको छ । नगरपालिकाले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरि अधिकृत डाँगीलाई नगर प्रमुख,उपप्रमुख,वडाध्यक्ष र नगरपालिकाका कर्मचारीहरुले भब्य स्वागत गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै डाँगी यस अघि पनि लमही नगरपालिका मै हुनुहुन्थ्यो । उहाँ सरुवा भएर कपिलबस्तु हुँदै […]

प्यूठानमा पत्रकार महासंघको अध्यक्षमा सञ्जय रिजाल नेतृत्वको समुह विजयी

प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठानको निर्वाचनमा सञ्जय रिजाल नेतृत्वको समुह विजयी भएको छ । त्यस्तै रिजाल यसअघि नै अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा यादव पौडेल ८०, महिला उपाध्यक्षमा राधिका भुसाल ९०, सचिव प्रकाश वैद्य ७७, सहसचिव रमेश गिरी निर्विरोध, समावेशी सहसचिव रामबहादुर विश्वकर्मा र समावेशी सदस्यमा प्यार अलि खान निर्विरोध निर्वाचित […]

एकीकृत अनेशि संगठनद्वारा ९ बुदे मागसहित राजपुर गापालाई ज्ञापनपत्र

दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजपुर गाउँपालिकामा विभिन्न ९ बुदे मागसहितको ज्ञापनपत्र बुधबार पेश भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशको सचिवालय सदस्य बिष्णु खत्रीको नेतृत्वमा गएको टोलीले बुधबार राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई कार्यकक्षमै पुगेर शिक्षा सम्बन्धि विभिन्न माग भएको नौ बुदे ज्ञापनपत्र हस्तान्तरण गरेको हो । […]

गढवाको जनता मा.विमा बरण्डा सहित २ कोठे पक्की भवनको शिलान्यास

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे स्थित जनता माध्यमिक विद्यालयमा थप भौतिक सुधारको लागि बरण्डा सहितको दुई कोठे पक्की भुकम्प प्रतिरोधात्मक भवनको मंगलबार शिलान्यास भएको छ । तराई मधेस कार्यक्रम मार्फत विनियोजित कुल ३० लाखको बजेटद्वारा निर्माण हुनलागेको उक्त भवनको विधिवतरुपमा गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता […]

दाङमा नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्नको लागि २६३ मत खस्यो

दाङ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्न बुधबार भएको निर्वाचनमा उत्साहजनक मत खसेको छ । त्यस्तै आज दाङ सहित देशभरका महासंघको नेतृत्व चुन्न एकसाथ प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत् निर्वाचन भएको हो । दाङ सहित देशभरका करिब एक सय मतदान केन्द्रमार्फत महासंघका १३ हजार १२२ पत्रकारले मतदान गरेका हुन् । यस्तै जिल्ला प्रदेश,केन्द्रीय, र सम्बन्धित […]

प्यूठानको रजवारा स्थित एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

प्युठान । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिनु भयो । त्यस्तै सो घटना घरमा अभिभावक […]

सहसचिवको ठूलो संख्यामा सरुवा,को कहाँ भयो ?

काठमाडौँ । सरकारले हालै सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको हो । त्यस्तै मन्त्रालयले योग्यता,दक्षता र क्षमताका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले ‘राइट पर्सन इन […]

घोराही लमही सडक खण्डमा ठुला गाडी बन्द साना गाडी चल्ने

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना निकालेर चैत २२ गतेदेखि २६ गतेसम्मको लागि घोराही लमही सडकखण्डको बाटो बन्द गरेको थियो यता सडक बिभाग दाङले ठूला गाडी बन्द भएपनि साना गाडी भने नियमित सञ्चालन भइरहेको छ । ठूला गाडीलाई लमही, अमिलिया हुँदै तुलसीपुर, घोराही आउने तथा जाने व्यबस्था गरिएको छ । त्यस्तै सडक डिभिजन […]

वातावरण बिभागद्वारा वायु प्रदुषण नरोकिए सवारी साधन र उद्योग रोक्ने तयारी

काठमाडौं । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने,चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । यस्तै वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबार देखि […]

नेरेसोद्वारा राजपुरको ज्योति आविलाई आधुनिक युक्त बेसिन सहितको ट्याङ्की उपलब्ध

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयलाई नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाद्वारा संचालित इनकोर कार्यक्रमबाट बेसिन सहितको ५०० लिटर क्षमता भएको आधुनिकयुक्त ट्याङ्की प्रदान भएको छ । यसअघि उक्त विद्यालयलाई नि:शुल्क रुपमा बेलायत सरकारको गोर्खा वेलफेयर स्किम कार्यक्रमले ३ वटा धारा उपलब्ध गराएको भएपनि बर्खाको समय मुहानमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]