मेगमन बुढा बुधबार, चैत्र २५, २०७७

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयलाई नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाखाद्वारा संचालित इनकोर कार्यक्रमबाट बेसिन सहितको ५०० लिटर क्षमता भएको आधुनिकयुक्त ट्याङ्की प्रदान भएको छ ।

यसअघि उक्त विद्यालयलाई नि:शुल्क रुपमा बेलायत सरकारको गोर्खा वेलफेयर स्किम कार्यक्रमले ३ वटा धारा उपलब्ध गराएको भएपनि बर्खाको समय मुहानमा केही समस्या हुँदा विद्यालयमा पानी खानलाई समस्या हुनेगरेको सो विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताउनु भयो ।

त्यस्तै उहाँका अनुसार सो ट्याङ्की ५०० लिटर क्षमता भएको हुँदा पहिले नै ट्याङ्कीमा पानी भरेर स्टक गरेर राखिएपछि विगतका दिनहरु जस्तै अब समस्या नहुने बताउँनु भएको छ ।

इनकोर कार्यक्रमले ट्याङ्की उपलब्ध गराएपनि केही अपुग पलामबरका सामग्रीहरु विद्यालयले आफ्नो तर्फबाट व्यवस्थापन गरेर उक्त आधुनिक युक्त ट्याङ्की संचालनमा ल्याउन सफल भएको प्रधानाध्यापक शाहीले बताउनु भयो ।

यस्तै उहाँले विद्यालयको तर्फबाट नेपाल रेड्क्रस सोसाइटी जिल्ला दाङ शाकाद्वारा संचालित इनकोर कार्यक्रमलाई उक्त सामग्री विद्यालयमा आवश्यक ठानेर उपलब्ध गराएकोमा हार्दिक धन्यवाद समेत दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]