
Nsb
jsb
Rks
Rsb
Ksb
Csb
Usb
Gsb
Ssb
Ksb
Fmb
Ksb
Tgp
Ppu
Bsn
Ssb

Gsb
Hl1
Ssb
Usb
Tsb

Nps
ptl
Rgu
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना निकालेर चैत २२ गतेदेखि २६ गतेसम्मको लागि घोराही लमही सडकखण्डको बाटो बन्द गरेको थियो यता सडक बिभाग दाङले ठूला गाडी बन्द भएपनि साना गाडी भने नियमित सञ्चालन भइरहेको छ । ठूला गाडीलाई लमही, अमिलिया हुँदै तुलसीपुर, घोराही आउने तथा जाने व्यबस्था गरिएको छ ।
त्यस्तै सडक डिभिजन कार्यालयका सुचना अधिकारी अमिर सुवेदीका अनुसार सानो गाडी भने सोही मार्ग भएर सञ्चालन भइरहेका छन् । जीर्ण सडक मर्मत सम्भारका लागि अस्तिदेखि पाँच दिनसम्म बन्द भएको हो ।
यसैगरी सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ । तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पाँच दिनका लागि बन्द सडक २६ गते बेलुकादेखि खुल्ने सूचनामा उल्लेख गरिएको छ ।
