
Gmk
Sds
mbd
Pbu
Gisld
Anm
Rbs
Ksm
Mbdvs

Rgu
Rgu
Gst
Sls
Hal
nsb
Wsp
Rsb
Vor
Asm
Pvg
Ggd
Bbu
Sbs
Bbbpu
Ksm
Tsm
Rgs
Ssm

Mks
Rpp
Jmb
Ptm
Pls
Jmb
Syp
bbt
sab
Bml
Abd
Rmb
Gsb
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना निकालेर चैत २२ गतेदेखि २६ गतेसम्मको लागि घोराही लमही सडकखण्डको बाटो बन्द गरेको थियो यता सडक बिभाग दाङले ठूला गाडी बन्द भएपनि साना गाडी भने नियमित सञ्चालन भइरहेको छ । ठूला गाडीलाई लमही, अमिलिया हुँदै तुलसीपुर, घोराही आउने तथा जाने व्यबस्था गरिएको छ ।
त्यस्तै सडक डिभिजन कार्यालयका सुचना अधिकारी अमिर सुवेदीका अनुसार सानो गाडी भने सोही मार्ग भएर सञ्चालन भइरहेका छन् । जीर्ण सडक मर्मत सम्भारका लागि अस्तिदेखि पाँच दिनसम्म बन्द भएको हो ।
यसैगरी सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ । तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पाँच दिनका लागि बन्द सडक २६ गते बेलुकादेखि खुल्ने सूचनामा उल्लेख गरिएको छ ।
