Sidha Patra बुधबार, चैत्र २५, २०७७

दाङ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्न बुधबार भएको निर्वाचनमा उत्साहजनक मत खसेको छ ।

त्यस्तै आज दाङ सहित देशभरका महासंघको नेतृत्व चुन्न एकसाथ प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत् निर्वाचन भएको हो । दाङ सहित देशभरका करिब एक सय मतदान केन्द्रमार्फत महासंघका १३ हजार १२२ पत्रकारले मतदान गरेका हुन् ।

यस्तै जिल्ला प्रदेश,केन्द्रीय, र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको थियो । महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरु सम्म बनेको छ ।

यसै बीच नेपाल पत्रकार महासंघ दाङको २० पदका लागि बुधबार सम्पन्न निर्वाचनमा ९५ प्रतिशत मत खसेको छ । कुल २ सय ७६ मतदाता रहेको महासंघको निर्वाचनमा ९५ दशमलव २८ प्रतिशत मत खसेको निर्वाचन समिति संयोजक सुदीप गौतमले जानकारी दिएका छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा मतदाताको उत्साहजनक सहभागीता रहेको छ । २६औं अधिवेशनमार्फत तय भएको निर्वाचनमा दाङमा पहिलो मतदान नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष पदका उम्मेदवार विपुल पोख्रेलले गरेका थिए ।

त्यस्तै निर्वाचन समितिका संयोजक गौतमका अनुसार कुल २७६ मतदातामध्ये २६३ जनाले मतदान गरेका छन् । मतदानमा १३ जना अनुस्थित भएका छन् । अनुस्थित हुनेहरुमा केही जिल्ला बाहिर रहेका, केही बिरामी भई उपचाररत रहेका र केही देश बाहिर रहेका छन् । यो अवस्था हेर्दा दाङमा शतप्रतिशत सरह मत खसेको मान्न सकिने नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले बताए ।

अब मतगणना कार्य बिहीबार बिहान ८ बजेबाट हुने भएको छ । मत पेटिकालाई निर्वाचन समितिले मुचुल्का उठाई पर्यवेक्षक तथा सुरक्षाकर्मीको रोहबरमा महासंघमै राख्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष प्रियासनले आगामी कार्यकालका लागि नेतृत्व चुन्न भएको निर्वाचनमा पत्रकारहरुको उत्साहजनक सहभागीता रहेको भन्दै सबैलाई आभार प्रकट गरेका छन् ।

जिल्लाको निर्वाचनमा दुईवटा प्यानलबीच प्रतिष्पर्धा भईरहेको छ । चुनावी मैदानमा प्रेस चौतारीको तर्फबाट दुर्गालाल केसीको नेतृत्व र प्रेस संगठन, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघबाट लक्ष्मी आचार्यको समूह प्रतिस्पर्धामा छ । २० सदस्यीय कार्य समितिमा ४२ जनाको उम्मेदवारी परेको छ । जिल्लाबाट यस पटक प्रदेश र केन्द्रीय पदाधिकारीलाई मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा यस पटकको निर्वाचन विगतभन्दा फरक अनुभूति गरिएको पत्रकारहरुले बताएका छन् । ४ वटा बेग्ला बेग्लै मत पत्रमा कुल ९६ जनालाई मतदान गर्ने गरी व्यवस्था मिलाइएकाले एक जना मतदातालाई मतदान गर्न कम्तिमा २० मिनेट लागेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]