
Pes
sbs
Ggp
Sgr
Lnp
Djs
Srbpu
cjs
Unsku
Rgp
Rgp1
Pbu
pku
Gfs

Gst
Rsb
Rgu
Bbu
Sbs
Bbbpu
Vor
nsb
Ssm
Pvg
Rgu
Ggd
Sls
Ksm
Hal
Rgs
Asm
Tsm
Wsp

Pls
Gsb
Abd
Rmb
bbt
Syp
Jmb
Bml
Ptm
Jmb
Mks
sab
Rpp
दाङ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्न बुधबार भएको निर्वाचनमा उत्साहजनक मत खसेको छ ।
त्यस्तै आज दाङ सहित देशभरका महासंघको नेतृत्व चुन्न एकसाथ प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत् निर्वाचन भएको हो । दाङ सहित देशभरका करिब एक सय मतदान केन्द्रमार्फत महासंघका १३ हजार १२२ पत्रकारले मतदान गरेका हुन् ।
यस्तै जिल्ला प्रदेश,केन्द्रीय, र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको थियो । महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरु सम्म बनेको छ ।
यसै बीच नेपाल पत्रकार महासंघ दाङको २० पदका लागि बुधबार सम्पन्न निर्वाचनमा ९५ प्रतिशत मत खसेको छ । कुल २ सय ७६ मतदाता रहेको महासंघको निर्वाचनमा ९५ दशमलव २८ प्रतिशत मत खसेको निर्वाचन समिति संयोजक सुदीप गौतमले जानकारी दिएका छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा मतदाताको उत्साहजनक सहभागीता रहेको छ । २६औं अधिवेशनमार्फत तय भएको निर्वाचनमा दाङमा पहिलो मतदान नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष पदका उम्मेदवार विपुल पोख्रेलले गरेका थिए ।
त्यस्तै निर्वाचन समितिका संयोजक गौतमका अनुसार कुल २७६ मतदातामध्ये २६३ जनाले मतदान गरेका छन् । मतदानमा १३ जना अनुस्थित भएका छन् । अनुस्थित हुनेहरुमा केही जिल्ला बाहिर रहेका, केही बिरामी भई उपचाररत रहेका र केही देश बाहिर रहेका छन् । यो अवस्था हेर्दा दाङमा शतप्रतिशत सरह मत खसेको मान्न सकिने नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले बताए ।
अब मतगणना कार्य बिहीबार बिहान ८ बजेबाट हुने भएको छ । मत पेटिकालाई निर्वाचन समितिले मुचुल्का उठाई पर्यवेक्षक तथा सुरक्षाकर्मीको रोहबरमा महासंघमै राख्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष प्रियासनले आगामी कार्यकालका लागि नेतृत्व चुन्न भएको निर्वाचनमा पत्रकारहरुको उत्साहजनक सहभागीता रहेको भन्दै सबैलाई आभार प्रकट गरेका छन् ।
जिल्लाको निर्वाचनमा दुईवटा प्यानलबीच प्रतिष्पर्धा भईरहेको छ । चुनावी मैदानमा प्रेस चौतारीको तर्फबाट दुर्गालाल केसीको नेतृत्व र प्रेस संगठन, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघबाट लक्ष्मी आचार्यको समूह प्रतिस्पर्धामा छ । २० सदस्यीय कार्य समितिमा ४२ जनाको उम्मेदवारी परेको छ । जिल्लाबाट यस पटक प्रदेश र केन्द्रीय पदाधिकारीलाई मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा यस पटकको निर्वाचन विगतभन्दा फरक अनुभूति गरिएको पत्रकारहरुले बताएका छन् । ४ वटा बेग्ला बेग्लै मत पत्रमा कुल ९६ जनालाई मतदान गर्ने गरी व्यवस्था मिलाइएकाले एक जना मतदातालाई मतदान गर्न कम्तिमा २० मिनेट लागेको थियो ।
