
Sds
mbd
Mbdvs
Rbs
Pbu
Gisld

Bbu
Rgs
Gst
Sls
Sbs
nsb
Tsm
Hal
Rgu
Wsp
Asm
Rsb
Bbbpu
Vor
Ggd
Pvg
Ksm
Rgu
Ssm

Syp
Pls
Mks
Ptm
Rpp
bbt
sab
Rmb
Jmb
Jmb
Gsb
Abd
Bml
काठमाडौं । आज प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्वको अवसर घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ ।
वर्षमा चार नवरात्र पर्छन् । आसाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आसाढ र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।
त्यस्तै असोज शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले असोज शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।
यस्तै चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन ।हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिएको हो ।
यस्तै बडादसैँ जस्तै चैते दसैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनु हो । बडादसैँमा जस्तै चैते दसैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
काठमाडौं उपत्यकाका गुह्येश्वरी,जगवागेश्वरी, मैतीदेवी,नक्साल भगवती,भद्रकाली,शोभा भगवती,कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी,सुन्दरीमाई,चामुण्डादेवी लगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी,नाला भगवती,पाल्चोक भगवती, शैलेश्वरी,वागेश्वरी,गहवामाई,मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने,मनोकामना पूरा हुने धार्मिक विश्वास समेत रहेको छ ।
