
ksbl-7
Gsbr-6
Msbg-2
Jsbr-3
Rksr-7
Csbg-7
Usbl-7
Pbu
Jsbg-7
Gsbg-3
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट ल्याइएका अवैध सामग्री बरामद गरेको छ । बाँके प्रहरीको टोलीले भारतबाट बिना भन्सार ल्याएर कोहलपुर तर्फ ल्याउँदै गरेको अवैध सामाग्रीलाई मंगलबार नेपालगन्ज १८ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए । त्यस्तै भन्सार छलेर ल्याइएका सामाग्रीहरुमा सुर्तीजन्य पदार्थ , बिभिन्न लत्ताकपडा र […]
दाङ । एमसिसी संझौतालाई संसदबाट अनुमोदन गर्न नदिने भन्दै राष्ट्रिय जनमोर्चा दाङले देउखुरीको गढवामा बिरोध प्रदर्शन गरेको छ । एमसिसी संझौता नेपालको राष्ट्रियता र सार्बभौमिकताको हित विपरित भएको भन्दै राजमोले देशब्यापि बिरोध गरिरहेको जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै राजमो दाङका अध्यक्ष गणेश आचार्यले अमेरिकी मिलीनियम कर्पोरेशन (एमसिसी) नेपालको राष्ट्रियता माथीको […]
दाङ । नेकपा माओबादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारी दाङको २२ औँ जिल्ला सम्मेलनले कल्याण अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । घोराहीको साई मन्दिरमा आज भएको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । अखिल क्रान्तिकारीको उपाध्यक्षमा गिरबहादुर महराm निश्चल केसी, हिमाल महरा, डिभाईड शर्मा र खगेन्द्र जिएमलाई चयन गरिएको छ […]
चितवन । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार चार सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १२ हजार पाँच सय ३२ पीसीआर तथा ४ हजार ७ एन्टिजेन परीक्षणबाट सो संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
बाँके । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ । गाभरमा रहेको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो । सोमबार बिहान आधा शरिर खाएको अवस्था शव भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिनुभयो । मृतक आइतबार बेलुकीदेखी हराईरहेको स्थानीयले बताएका छन् । केही समयदेखी होटलमा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले नाका क्षेत्रहरुमा किसानहरुलाई कागति खेति प्रवर्धनको कार्यक्रम संचालन गरेको पाइएको छ । मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत गत आबको बजेटबाट नाका क्षेत्रहरुमा किसानहरुलाई कागति खेति प्रबर्धन गर्नका लागि सिचाई मोटर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभएको छ । खोलाको पानी मोटर मार्फत तानेर कागति खेतिमा सिचाई […]
दाङ । नवौं राष्ट्रिय विज्ञान दिवस असोज १ गतेको पुर्वसन्ध्यामा विज्ञान शिक्षक समाज नेपाल (STAN) लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । पहिलो चरणमा भाद्र २० गतेसम्म गुगल फारम मार्फत विद्यार्थीहरुले आफै रेकर्ड गरेको भिडियोहरु संकलन गरिको थियो । बक्तित्वकला प्रतियोगिताका लगि ४५ जना विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । […]
दाङ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको आयोजना र रोटरी क्लब अफ लमहीको सहआयोजना तथा रक्तसंचार सेवा केन्द्र घोराहीको प्राबिधिक सहयोगमा देउखुरीको गढवामा शनिवार हालसम्मकै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको रेडक्रसले जनाएको छ । जहाँ दुःख–त्यहाँ रेडक्रस,रक्तदान जिवन दान भन्ने मूल मान्यताका साथ शनिवार इलाका प्रहरी कार्यालय गढवाको परिसर बाहिर गरिएको रक्तदान कार्यक्रमम गढवा क्षेत्रमा […]
दाङ । लुम्बिनी प्रदेश सरकार लगायत दाङका चार वटा पालिकाहरुले आईतबार सार्वजनिक विदा दिएका छन् । आईतबार थारु समुदायको महान पर्व अट्वारीको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका,घोराही उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकाले आज एक दिन सार्वजनिक विदा दिएका हुन्। त्यस्तै थारु जातिहरुको बाहुल्यता भएका पालिकाहरुमा आज अट्वारी पर्वको लागि सार्वजनिक विदा दिएको संवन्धित पालिकाहरुले बताएका […]