
Asbus
Ksbus
Ggp
Sdc
Lnp
Msbus
Rgp
Ggp
Ksbus


बाँके । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ । गाभरमा रहेको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको हो । सोमबार बिहान आधा शरिर खाएको अवस्था शव भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिनुभयो ।
मृतक आइतबार बेलुकीदेखी हराईरहेको स्थानीयले बताएका छन् । केही समयदेखी होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन । मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए ।
‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये, हावा खाएर फर्किन्थ्ये, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ लामाले भन्नुभयो । मृतकको शव पुर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको उहाँको भनाई छ । लामाका अनुसार बाघले मृतकको आधा शरिर खाइसकेको छ । आइतबार दिनभर गाउँ नजिकै आएर बाघ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो मारिदिएको लामाको भनाई छ ।
‘पाटेबाघको दुई जोडी नै छ, गाउँ नजिक आएर अचेल कराउँछन्, दुई÷तिन दिनदेखी प्रायः भेटिन्छन्, हामीले धेरै पटक बाघलाई देखिसकेका छौं, फुटबल खेल्ने केटाहरुले पनि देखेका रहेछ,’ उहाँले भन्नुभयो ‘बाघले हाम्रो गाउँमा आतंक मच्चाईरहेको छ, हामी धेरै नै त्रसित भएका छौं ।’ अहिले घटनास्थलमा गाउँपालिका वडाका जनप्रतिनिधी, प्रहरी र स्थानीय बासिन्दा जम्मा भएका छन् ।
