
Sds
Rbs
Mbdvs
mbd
Pbu
Gisld

Bbu
Ggd
Tsm
Pvg
Rgs
Wsp
Ksm
Hal
Rsb
Vor
Sls
Ssm
Bbbpu
Gst
Rgu
Rgu
Sbs
Asm
nsb

Rpp
Jmb
Abd
Gsb
Jmb
bbt
Syp
Mks
sab
Rmb
Bml
Pls
Ptm
काठमाडौं । गृह मन्त्रालयले लुम्बिनी प्रदेशभित्र रहेका अबैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरु तत्कालन बन्द गर्न परिपत्र गरेको छ ।
गृह मन्त्रालयका शाखा अधिकृत दीपककुमार आचार्यले नेपाल प्रहरी प्रधान कार्याल , जिल्ला प्रशासन कार्यालयहरुलाई चैत १७ गते मंगलबार परिपत्र गरेका हुन् । लुम्बिनी प्रदेशका १२ जिल्लाहरू पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम पूर्व, रोल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लालाई गृह मन्त्रालयले परिपत्र गरेर अबैध क्रसर उद्योगहरु तत्काल बन्द गर्न आदेशानुसार परिपत्र गरिएको शाखा अधिकृत आचार्यले जनाएका छन् ।
द काउन्सिल अफ जेनजी लुम्बिनीले गृहमन्त्री सुधन गुरुङलाई लुम्बिनी प्रदेशका १२ जिल्लाका अबैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरु बन्द गर्न माग गरेर निवेदन दिएको थियो ।
लुम्बिनी जिल्लामा अबैध क्रसर उद्योगहरू सञ्चालनमा छन् । स्थानीय जनप्रतिनिधिहरु, गुण्डा, डन, टोले, प्रहरी र प्रमुख जिल्ला अधिकारीहरूसँगको सेटिङमा अबैध क्रसरहरू सञ्चालनमा रहेको भन्दै ती अबैध क्रसरहरू बन्द गर्न माग गरेर पटक पटक आग्रह गर्दा समेत सुनुवाई भएको थिएन ।
गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका १२ जिल्लाका अबैध क्रसर उद्योगहरु तत्काल बन्द गर्न र कानून बमोजिम अगाडि बढ्न प्रहरी र सीडीओहरूलाई आदेश दिएका छन् । आदेश कार्यान्वयन भएन भने अबैध क्रसर उद्योग सञ्चालक, प्रहरी र सीडीओहरूले त्यसको जवाफ दिनुपर्नेछ ।
