
Bksbus5
Gsbus
Ddhbs
Csbus
Gsl
Nssbus7
dsbus
Amb
Ssbus
Ratbs
gms
Pbu
Jsbus
syysr
Syees
Rbs

Bbu
nsb
Asm
Ksm
Rgu
Rgs
Rgu
Ggd
Sbs
Tsm
Bbbpu
Rsb
Wsp
Hal
Ssm
Sls
Vor
Gst
Pvg

Rmb
Syp
bbt
Abd
Bml
Jmb
Gsb
Mks
sab
Jmb
Ptm
Pls
Rpp
दाङ । नवौं राष्ट्रिय विज्ञान दिवस असोज १ गतेको पुर्वसन्ध्यामा विज्ञान शिक्षक समाज नेपाल (STAN) लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
पहिलो चरणमा भाद्र २० गतेसम्म गुगल फारम मार्फत विद्यार्थीहरुले आफै रेकर्ड गरेको भिडियोहरु संकलन गरिको थियो । बक्तित्वकला प्रतियोगिताका लगि ४५ जना विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यार्थीहरुले आफै रेकर्ड गरेर पठाएका भिडियोहरुलाइ मूल्यांकन समिति बनाएर मूल्यांकन गरिएको थियो ।
यमनाथ पौडेलको संयोजकत्वमा भिमप्रसाद दाहाल श्री कन्काइ मावि कन्काइ नगरपालिका झापा, भजन शाह श्री सरस्वती मावि धनगढी र भिम प्रसाद सापकोटा गण्डकी बोर्डिङ स्कुल पोखराबाट मूल्यांकन समिति बनाइएको थियो ।
सो बक्तित्वकला प्रतियोगिता कार्यक्रमकोे दोस्रो चरणमा भाद्र २६ गते शनिबार भर्चुअल माध्यम (जुम) बाट लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख टिकाराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न बक्तित्वकला प्रतियोगिता नतिजा घोषणा कार्यक्रम भएको थियो । बक्तित्वकला प्रतियोगितामा गोरखा मोडेल सेकेण्डरी लमहीका छात्रा सलिना पान्डे प्रथम,गोरखा सेकेन्डरी स्कुल तुलसीपुर नगरपालिका दाङका छात्र गौरब थापा द्वितीय,हाइसिन्थ साहु दाङ भ्याली इङ्लिश विद्यालय तुलसीपुर नगरपालिका दाङका छात्रा तृतीय र जनज्योति विद्यामन्दिर घोराही नगरपालिका छात्रा बैभबी गौतम सान्त्वना भएका छन् ।
गोरखा मोडेल सेकेण्डरी लमही दाङ
गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले विगतका वर्षदेखि वर्तमान समयमा विज्ञान सन्कायको बहुआयामिक विशेषता हुने कुरामा फोकस गर्दै लमही नगरपालिकाले आयोजना गरेको विज्ञान तथा कला प्रदसनि कार्यक्रममा पनि प्रथम स्थान हासिल गरेको त्यस्तै पहिलो ब्याज देखी नै देउखुरी छेत्रमा सर्बोत्कृस्त नतिजा ल्याएको र पहिलो ब्याजकै विद्यार्थी भाइ बहिनीले ईन्जिनियरिङ,वन बिज्ञान (Foresty ) जस्ता विद्यामा क्षात्रवृत्ती पाएको तथा लमहीमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै न्युनतम शुल्कमा गुणस्तरीय उच्च शिक्षा स्थानीय स्तरमै उपलब्ध गराइरहेको सो विद्यालयका विज्ञान संयोजक प्रकाश रिजालले जानकारी दिनु भयो ।
त्यसैगरी उक्त कार्यक्रममा स्टानका केन्द्रिय अध्यक्ष तथा नवौं राष्ट्रिय बिज्ञान दिवस मूल समारोह समितिका सदस्य खिल कुमार प्रधान, स्टानका बरिष्ठ उपाध्यक्ष एवम् स्टान लुम्बिनी प्रदेशका संयोजक विकास गौतम, केन्द्रिय कोषाध्यक्ष देवेन्द्र कुमार कर्ण,केन्द्रीय सदस्य गोपि चन्द्र पौडेल, केन्द्रिय सदस्य इन्द्र लोचन चौधरी उपस्थित हुनुुु भएको थियो ।
त्यस्तै सो कार्यक्रमको अध्यक्षता स्टान लुम्बिनी प्रदेशका सह-संयोजक तथा विज्ञान दिवस समारोह समिति लुम्बिनी प्रदेश STAN का संयोजक यमनाथ पौडेलले गर्नु भएका थियोे । स्टान नवलपरासीका संयोजक कमल अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्टान दाङका सचिव गिरीराज लम्सालले गर्नु भएको थियो ।
यस्तै उक्त कार्यक्रममा घोराही उपमहानगर पालिका नगर शिक्षा समितिका सदस्य एवम् नगर शिक्षक महासंघका अध्यक्ष निशान्त आचार्यले विद्यार्थीको प्रतिभा पहिचान हुने कार्यक्रमले विद्यार्थीहरुलाई अझै विज्ञानमा रिसर्च गर्ने र रुची राख्ने हौसला प्रदान गर्ने छ र स्टानले विगतमा गरेको कार्यक्रम र आगामी कार्यक्रमा पनि सहयोग गर्ने बचन बद्धता गर्नु भयो ।
त्यस्तै स्टानका केन्द्रिय कोषाध्यक्ष देवेन्द्र कुमार कर्णले अशोज १ गतेदेखि विज्ञान दिवस कसरी मनाउन सुरुवात गरिएको भन्ने औचित्य प्रष्ट पार्दै विगतमा विज्ञान शिक्षक समाजले कोरोना नियन्त्रणका लागि विभिन्न भाषमा जनचेतनामूलक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको र अन्य कामहरुको बारेमा जानकारी गराउनु भयो । साथै हामीले विज्ञानसँग जोडिन विद्यार्थीहरुका प्रतिभा पहिचान गर्ने कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।
शिक्षा तालिम केन्द्र रुपन्देहीका प्रमुख यम बहादुर के.सी.ले विज्ञानको विकासले नै देशको विकास हुने भएकोले विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने तथा कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने अवसर पाउने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । स्टानका केन्द्रीय सदस्य गोपि चन्द्र पौडेलले विद्यार्थीहरुको प्रतिभाको कदर गर्दे वैज्ञानिक चेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा स्टानका बरिष्ठ उपाध्यक्ष विकास गौतमले २०७७ सालदेखि नेपाल सरकार,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा लुम्बिनी प्रदेश स्तरीय विज्ञान दिवस मनाउने गरिएको बताउनु भयो । विज्ञानले गरेका उपलब्धिको बारेमा चर्चा गर्दै वैज्ञानिक खोज र अनुसन्धान गर्ने कुरामा जोड दिनु भयो । राज्यले विद्यार्थीहरुका प्रतिभा पहिचान हुने खालका निति बनाउन र विज्ञान र प्रविधिको विकासमा राष्ट्रले बजेट छुट्याउन पनि नेपाल सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि टिकाराम अर्यालले बक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरु तथा स्टान युनेस्को विज्ञान ट्यालेन्ट हन्ट कार्यक्रमा केन्द्रमा लुम्विनी प्रदेशबाट प्रथम हुने भगवती मावि तिल्काना बर्दियाका प्रज्वल ज्ञवाली र द्वितीय हुने होरिजन मावि कपिलबस्तुका छात्र अनुसन्धान पोख्रेललाई बधाइ दिँदै विज्ञान प्रतिभा पहिचान हुने कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।
विज्ञानको विकास र प्रबर्द्धनबाट मात्र वैज्ञानिक सोच पैदा गर्ने,चेतना र सन्देश प्रवाह गर्ने, विद्यार्थीहरुलाई विज्ञानप्रति आकर्षित गराउने र विज्ञान विना देशको विकास हुन नसक्ने कुरा स्पष्ट पार्नु भयो । साथै, लुम्विनी प्रदेशले गत आर्थिक वर्षमा विज्ञान र प्रविधिको बारेमा गरेका कार्यहरुको चर्चा गर्नु भयो । स्टेम शिक्षा सञ्चालन गरेको,विज्ञान र गणितको नतिजालाई प्रभावकारीरुपमा सुधारका लागि शिक्षक क्षमता अभिबृद्धि लगायत अन्य कार्यक्रम गरेको, विज्ञान पुस्तकालय सहयोग कार्यक्रम र विज्ञान प्रयोगशाला तथा कक्षाकोठा सुदृढीकरणका लागि बजेट विनियोजन गरी कार्य भएको बताउनु भयो ।
विज्ञान तथा प्रविधिको विकासका लागि नव परिवर्तन शिक्षा तथा प्रविधिको प्रचुर विकास भन्ने दीर्घकालीन सोचका साथ विज्ञान,प्रविधि प्रतिस्थान स्थापनाका लागि कार्य अघि बढेको बताउनु भयो । लुम्बिनी प्रदेश सरकारले शिक्षा, युवा तथा खेलकुद मन्त्रालय छुट्टै स्थापना गरेको, प्राविधिक विषयमा कृषि तथा इन्जिनियरिङ विषयमा उच्च शिक्षा सञ्चालन गर्ने लक्ष्य लिएको, वि.एस्सी.अध्ययन गर्ने छात्राहरुलाइ निःशुल्क अध्ययन गराउने तथा कक्षा ११ र १२ अध्ययन गर्ने छात्राहरुलाई मासिक रुपमा भत्ता दिने ब्यवस्था समेत गरेको बताउनु भयो ।
आगामी दिनहरूमा शिक्षा निर्देशनालयले (STAN) लाई सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गर्नु भयो । उक्त कार्यक्रममा पुरस्कार सौजन्य घोराही उपमहानगरपालिका र स्काई साइन्टिफिक ट्रेडर्स बुटवलले गरेको थियो । यस्तै कार्यक्रम (STAN UNESCO Science Talent Hunt) कार्यक्रममा केन्द्रमा प्रथम हुन सफल भगवती संस्कृत तथा साधारण मावि बढैयाताल ८ तिल्काना बर्दियाका छात्र प्रज्वल ज्ञवालीले आफ्नो मन्तव्य राख्दै आफुले निर्माण गरेका SMART HOME लगायत अन्य सामग्री प्रदर्शन गरेका थिए ।
त्यस्तै प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुने प्रतियोगिलाई पुरस्कारको रकम प्रथम ४,०००, द्वितीय ३,०००, तृतीय २,००० र सान्त्वना १,००० हजार प्रदान गरिएको छ । आगामी आश्विन १ गतेको केन्द्रीय मुल समारोहपछि विद्यार्थीको अभिभावकको बैङ्क खाता मार्फत पठाइनेछ । पुरस्कृत र सहभागी सबैलाई प्रमाण–पत्र पनि प्रदान गरिनेछ ।
लुम्बिनी प्रदेश विज्ञान शिक्षक समाज नेपाल तथा लुम्बिनी प्रदेश समितिद्वारा राष्ट्रिय विज्ञान दिवसको अवसरमा विज्ञान तथा प्रविधिको उन्नत विकास प्रकोप र महामारीबाट सहज निकास भन्ने नाराका साथ नेपाल सरकार,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वानमा विज्ञान र प्रविधि, आजको आवश्यकता र चुनौती (Science and Technology, Today’s Needs and Challenge) शिर्षकमा माध्यमिक विद्यालय स्तरीय विज्ञान बक्तित्वकला तियोगिता कार्यक्रमको आयोजना गरिएको थियो ।
