
Sebsg
Gst
Gmssl
Gipsg
Gsg
Gipsg
Unsku
Pbu
gst

Gst
Vor
Rgs
Sls
Rgu
Rgu
Wsp
Tsm
Ksm
nsb
Asm
Pvg
Bbu
Bbbpu
Rsb
Ssm
Ggd
Hal
Sbs

Abd
Mks
Ptm
Syp
Rpp
Pls
Jmb
Jmb
Bml
Gsb
Rmb
bbt
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले नाका क्षेत्रहरुमा किसानहरुलाई कागति खेति प्रवर्धनको कार्यक्रम संचालन गरेको पाइएको छ ।
मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत गत आबको बजेटबाट नाका क्षेत्रहरुमा किसानहरुलाई कागति खेति प्रबर्धन गर्नका लागि सिचाई मोटर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभएको छ ।
खोलाको पानी मोटर मार्फत तानेर कागति खेतिमा सिचाई गर्न भनी टोलबिकास संसथाहरु र वडा कार्यालयको सिफारिसमा किसानहरुलाई टोलबिकास संस्थाको संरक्षणमा रहने गरि नाकाक्षेत्रहरुमा मोटर प्रदान गरिएको कार्यक्रमका सहजकर्ता गिरिराज भट्टले जानकारी दिनुभयो । जस अनुसार राजपुर–७ को तालिकुरुवा,गोठुवा र हाडबास नाकामा सामुहिक सिचाईका लागि कागति खेति गरिरहेका किसानहरुलाई गाउँपालिका मार्फत मोटर प्रदान गरिएको हो । गाइघाट टोलबिकास संस्था र हाडबास टोलबिकास संस्थालाई एक÷एक थान तथा मल्केनी टोलबिकास संस्था तालिकुरुवा खोला लाई ३ थान एवं खेताने टोल बिकास संस्थालाई ३ थान खोलामा डुवाएर पानी तान्ने प्रयोजनका लागि २ हर्षपावरका मोटर र प्यानल बोर्ड एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको गाउँपालिका प्रशासनशाखा प्रमुख महेस थापा ठेडीले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा मोटर हस्तान्तरण गरिएको हो । कार्यक्रममा राजपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद खनाल,प्रशासन शाखाका प्रमुख महेश थापा ठेडी,कार्यक्रम कार्यान्वयन तथा सिफारिस समितिका सदस्यहरु सिता यादव र राजेन्द्र चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता गिरिराज भट्टले गर्नुभएको थियो ।
