शिबराज पन्थी/गढवा मंगलबार, भाद्र २९, २०७८

दाङ । एमसिसी संझौतालाई संसदबाट अनुमोदन गर्न नदिने भन्दै राष्ट्रिय जनमोर्चा दाङले देउखुरीको गढवामा बिरोध प्रदर्शन गरेको छ । एमसिसी संझौता नेपालको राष्ट्रियता र सार्बभौमिकताको हित विपरित भएको भन्दै राजमोले देशब्यापि बिरोध गरिरहेको जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै राजमो दाङका अध्यक्ष गणेश आचार्यले अमेरिकी मिलीनियम कर्पोरेशन (एमसिसी) नेपालको राष्ट्रियता माथीको गंभिर घातक भएको भन्दै यसलाई कुनैपनि हालतमा संसदबाट अनुमोदन गर्न नहुने बताउनु भयो । इण्डो प्यासिफिक रणनिती अन्तर्गत अमेरीकी सेनाको शैन्य रणनिती एम्सीसि संगै नेपालमा भित्रीने भएकोले यो संझोता नेपालको स्वाभीमान बिरुद्धको भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा राजमोको भातृ संगठन अखिल नेपाल युवक संघ दाङका जिल्ला अध्यक्ष चित्र एमसि, राजमो गढवाका अध्यक्ष कपिलदेव खनाल र क्षेत्र नं. १ का सचिव टुकमान कँवर लगायतले बोल्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]