दाङ । नेकपा माओबादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारी दाङको २२ औँ जिल्ला सम्मेलनले कल्याण अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
घोराहीको साई मन्दिरमा आज भएको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । अखिल क्रान्तिकारीको उपाध्यक्षमा गिरबहादुर महराm निश्चल केसी, हिमाल महरा, डिभाईड शर्मा र खगेन्द्र जिएमलाई चयन गरिएको छ ।
त्यसैगरी, सचिबमा गोविन्द मल्ल, सहसचिबमा मोहनराज भुसाल, रामचन्द्र बुढा, भुवन केसी, यामकुमारी विक र कोषाध्यक्षमा हिरालाल ओलीलाई चयन गरिएको छ । अखिल क्रान्तिकारीका निबर्तमान जिल्ला अध्यक्ष जंगबहादुर रोकाको अध्यक्षता एवं अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुनको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको थियो ।
त्यस्तै कार्यक्रममा उपाध्यक्ष पुनले ज्यानको बाजी राखेर लिएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा कार्यान्वयन गर्ने जिम्मेवारी युवा विद्यार्थीको काँधमा आएको भन्दै विचलित नहुन आग्रह गरेका छन् । विद्यार्थीहरुको सवाल र समसामयिक राजिनितिक विषयमा आफुहरुको भूमिकाबाट पछि नहट्न समेत उनले आग्रह गरेका छन् ।