दाङका डिल्लीबहादुर चौधरी शहरी तथा ग्रामिण बिकास मन्त्रीमा नियुक्ति

दाङ । डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको शहरी तथा ग्रामिण विकास मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार उनी मन्त्री बनेका हुन् । चौधरीले नेपाली काँग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए । त्यस्तै दाङकै बिमला खत्री ओली पनि मन्त्री बन्ने पक्का भएका छन् । उनको मन्त्रालय भने टुङ्गो लागि नसकेको स्रोतले […]

देउखुरीमा अज्ञात सर्पको टोकाईबाट १८ वर्षका युबकको मृत्यु

दाङ । देउखुरीको राप्ति गाउँपालिका वडा नम्बर १ भालुबाङ्का १८ वर्षीय मुक्ति पुन मगर को अज्ञात सर्पको   टोकाइबाट मृत्यु भएको छ । पुन गएराती ११ बजेतिर शौचालयमा जानको लागि टेबलको मोबाईल झिक्न जाने क्रममा सर्पले टोकेको हो । उनलाई सर्पले घर भित्र नै टोकेको परिवार स्रोतले जनाएको छ । हाल कक्षा ९ मा पढ्दै गरेका […]

कुलप्रसाद केसी (सोनाम) लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना […]

बाँकेको जमुनाह प्रहरीले ८५ तोला चाँदी र कपडा सहित १ जना पक्राउ

बाँके । ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरीले ठूलो मात्रमा चाँदीसहित एकजना पक्राउ परेका छन् । मुगुका मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ६ का कर्माथिले तामाङलाई १५ थान ८५ तोला चाँदीका कन्दनसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख पूर्ण खत्रीले जाकनारी दिए । रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा जमुनाहबाट तामाङलाई पक्राउ गरिएको […]

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशको सरकारमा दाबी पेस गर्दै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो तीन बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न भनेका थिए । कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी […]

काँग्रेसमय बन्यो राजपुरको सिक्टा र राँताकास

दाङ । राजपुर गाउँपालिकाको सिक्टा काँग्रेस मय बनेको छ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टाका ५४ जना स्थानिय विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रबेश गरेपछि सिक्टा र गल्चु राँताकास काँग्रेस मय बनेको हो । विभिन्न आश्वासन मात्र बाँड्ने र काम गर्न नसक्ने अन्य पार्टी छोडेर काँग्रेसमा प्रबेश गरेको घनस्याम कुमालले बताए । ‘आश्वासन […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलले दिए राजीनामा स्वीकृत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दिएको राजीनामा स्वीकृत भएको छ । पोख्रेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् । त्यस्तै १९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए […]

कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नियुक्त गरेको हो । उनलाई आज नियुक्तिपत्र दिने तयारी रहेको बुझिएको छ । यस अघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङ २०७७ भदौमा चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए । अघिल्लो कार्यकालमा लोडसेडिङ […]

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री पाण्डेयले राजीनामा दिए

रुपन्देही। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वको सरकारमा सहभागी पाण्डेयले मंगलबार राजीनामा दिएका हुन। सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेर जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको मन्त्री पाण्डेयको भनाइ छ । […]

लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोले पाल्पामा चितुवाको छालासहित २ जना पक्राउ

पाल्पा । लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोले चितुवाको छाला सहित पाल्पा रिव्दीकोटका २ जनालाई पक्राउ गरेको जनाएको छ । लु. ३७ प. ४४४ नम्बरको मोटरसाइकलमा सवारी दुइ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा रिब्दीकोट ७ का ४२ वर्षका विष्णु बहादुर खत्री र सोही स्थानका जमिल मियाँ रहेका छन् । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]