
Gsbus
Pbu
Rbs
Ddhbs
gms
Csbus
dsbus
Ratbs
Gsl
Jsbus
Amb
Ssbus
Nssbus7
Bksbus5

Wsp
Ksm
Bbbpu
Rgu
Ggd
Gst
nsb
Sbs
Asm
Bbu
Sls
Rsb
Pvg
Hal
Rgu
Ssm
Rgs
Vor
Tsm

Bml
Syp
Ptm
Jmb
bbt
sab
Rpp
Pls
Mks
Jmb
Abd
Rmb
Gsb
दाङ । घरेलु तथा साना उद्योग कार्यालय दाङले गढवा गाउँपालिकासंगको समन्वयमा देउखुरीको गढवामा मंगलबारदेखि सिलाई ब्यवसायिहरुका लागि दुई महिने एड्भान्स डिप्लोमा कटाई सिलाई तालिम सुरु गरेको कार्यालय प्रमुख उमबहादुर वलीले जानकारी दिनुभयो । कार्यालय प्रमुख वलीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच भगत सर्बजित सिप प्रबर्धन कार्यक्रम अन्तर्गत दलित लक्षित तालिमको उद्घाटन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सिप सिकाएर स्वरोजगार बनाउने अभियान अन्तर्गत लक्षित बर्गलाई सिप प्रबर्धनका लागि घरेलु तथा साना उद्योग कार्यालय दाङले प्रशंसनिय कार्य गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडानं.६ का अध्यक्ष बालचन्द्र ठकूरी हमालले सिलाई पेशालाई परिष्कृत गर्न र दक्ष जनशक्ति गढवामा उत्पादन गर्न यो तालिमले सफलता हाँसिल गर्ने बिश्वाँस ब्यक्त गर्नुभयो । कार्यक्रममा दाङ जिल्ला कपडा सिलाई ब्यवसायि संघका अध्यक्ष बुद्धिराम नेपालीले कपडा मानव जिवनका लागि इज्जत प्रतिष्ठा र सान संग जोडिएको बिषय भएकोले सिलाई कटाई ब्यवसायलाई जमाना अनुसार दक्षतामा रुपान्तरण गर्नुपर्ने औंल्याउनुभयो । सो तालिमको प्रशिक्षक समेत आफु रहेको उहाँले कार्यक्रममा जानकारी दिनुभयो ।
यहि पुष २० देखि सुरु भएको एड्भान्स डिप्लोमा तहको सिलाई कटाई फागुन १९ गते सम्म संचालन गरिने बताइएको छ । तालिममा काम सिकेर पेशा ब्यवसाय संचालन गरेका २० जना दलित वर्गका ब्यवसायीहरु सहभागि हुनु भएको छ । तालिम सिकाएर सबै सहभागिहरुलाइ एक–एक थान मसिन समेत प्रदान गरिने कार्यक्रमको लक्ष रहेको घरेलु कार्यालयले जनाएको छ । स्थानीय समाजसेवी रेशम बहादुर शाहीको स्वागत मन्तब्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत बिक्रम केसीले गर्नुभएको थियो ।

