सिधा-पत्र/क्राईमबिट बुधबार, पुष २१, २०७८

काठमाडौं । संगठनको चेन अफ कमाण्डमा प्रहरी महानिरीक्षक शैलैश थापा क्षेत्री त कमजोर भएकै छन्, गृहमन्त्री बालकृष्ण खाण आफैंसमेत हस्तक्षेपबाट वाक्क भइसकेका छन् । बालुवाटारबाट हुने चलखेल र हस्तक्षेपले गृहमन्त्री नै हैरान हुन थालेका छन् ।

गृहमन्त्रीले अघि बढाएका कतिपय प्रस्ताव पनि बालुवाटारबाट रोकिएका छन् । गृहमन्त्रीले एआइजी हरिबहादुर पाललाई कारबाही गर्न प्रस्ताव अघि बढाएका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको छ । तीन भारतीय नागरिकलाई एआइजी पालले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पक्राउ गरी भारतलाई बुझाएको घटनामा निलम्बनकै तयारी भएकोमा हालसम्म प्रतिवेदन समेत लुकाएर कारबाही गरिएको छैन । माथिल्लो निकायलाई कुनै जानकारी नदिई तीन भारतीयलाई सुनौली नाका लगेर भारतीय सुरक्षाकर्मीलाई बुझाइएको थियो । यस्तो गम्भीर घटनालाई डिसमिस गराउने प्रयास भइरहेको छ ।

एआइजीको कारबाही रोकिए पनि सरुवा भने हुने भएको छ । महानगरीय प्रहरी कार्यालयमा उनको १३ महिना पुगिसकेको छ । महानगरीय प्रहरी कार्यालयमा सरुवाका लागि प्रद्युम्न कार्की, निरज शाही तथा सहकुल थापाबीच प्रतिस्पर्धा छ । सरकारले एआइजीको दरबन्दी थप्ने तयारी गरेकाले तत्कालै थप्ने अवस्था आएमा नयाँ बढुवा हुने एआइजी पनि मेट्रोमा जाने सम्भावना छ ।

त्यस्तै, यसअघि काठमाडौं परिसरका एसएसपी अशोक सिंहको सरुवा पनि बालुवाटारले नै रोकाएको थियो । निर्णय भएको दुई महिनापछि त्यसको कार्यान्वायन भएको छ । तर, रमाइलो के भने अहिले ती एसएसपीमाथि समेत कारबाही गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

जुवाडेको चेक बरामद गरी मुद्दा नचलाई फिर्ता गरिएको घटनामा उनीमाथि छानबिन गरी कारबाही गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । सिन्धुलीका राजकुमार बरालले मदिराको नशामा दुई करोड २३ लाख रुपैयाँको चेक साथी सुभास भेटवाललाई दिएका थिए । भेटवालले बिचौलियामार्फत एसएसपी सिंहलाई प्रभावमा पारी पैसा उठाइदिन भनेका थिए ।घटनाको मुचुल्कासमेत भएको सो प्रकरणमा प्रहरीले मुद्दा नचलाई बराललाई धम्काएर पैसा दिन भनेको थियो । जसकारण एसएसपी सिंह र तत्कालिन डिएसपी नरेन्द्र चन्दमाथि छानबिन सुरु भएको छ । डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन सुरु भएको छ । सिनियरलाई उछिनेर डिआइजी हुने दाउमा लागेका सिंहलाई यो प्रकरणले धक्का लाग्ने निश्चित छ । यसअघि गृहमन्त्रीको सरुवा पावर लगाएर रोकाएकाले पनि अहिले गृह नेतृत्व उनीसँग रुष्ट भएर कारबाही गर्न लागेको हो ।

उता, तीन एसपीमाथिको छानबिन पनि अलपत्र परेको छ । धनुषाका तत्कालिन एसपी प्रकाश रानाभाट,सर्लाहीका सन्तोषसिंह राठौर तथा रौतहटका सिद्धिबिक्रम शाहमाथिको छानबिन अलपत्र परेको छ । रानाभाटले मुद्दामा चलखेल गरेको तथा राठौरले जुवा खेलेको र अनुसन्धानमा चलखेल गरेको खुलेको थियो । त्यस्तै शाहमाथि पत्रकारलाई लागू औषध मुद्दामा फसाउन खोजेको आरोपमा छानबिन थालिए पनि अझै टुंगिएको छैन ।
दृष्टिन्युजबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]