सुशिला ओली/घोराही मंगलबार, पुष २०, २०७८

दाङ । घोराहीमा रहेको मेघा टेक्नीकल इनिच्यूटका प्रबन्ध निर्देशक तथा सेफ एसोसियसन संघका सदस्य घनस्याम गिरी रोल्पा सुनिल स्मृती गाउँपालिका वडा नम्बर दुईको गोगनपानीमा जन्मीएका हुन् ।

यस संस्थाले पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएको छ । ३१ वर्षिय उनि वुवा नन्दलाल गिरी र आमा पुनादेवी गिरीको कोखबाट २०४७ साल जेठ आठ गते जन्म भएको हो । उनको बाल्यकाल गाउँमै वित्यो, सानोमा प्रकृति संगै, स्कुल, घरायसी काममा आमा वुवालाई सहयोग गर्दै दिनहरु वित्यो । त्यो बेला उनको वाल्यकाल शसत्र द्धोन्द कालको अवस्थामा अलि त्रासमय हुने गरेको बताए ।

त्यो समयमा आफैले आफैलाई विर्सेर जोखीम मोलेर स्कुल जानुपथ्यो । घरमा पनी वुवा आमालाई छोरा घरमा नर्फकुन्जेल तनावको बातावरण शिर्जना हुने गरेको उनको भनाई रहेको छ । कहिले काहिँ घर फर्कन ढिलाई भईहालेमा बुवा आमाले आज किन ढिला गरिस भन्दै सोध्नुहुन्थ्यो । जसका कारण स्पस्टीकरण नदिए गालि पाईने उनले बताए । उनलाई स्कुल भन्दा अरु बेला घरमा घासँ, दाउरा लगाएत काममा उघाउनु पर्यो , अति धेरै नै संघर्षमय थिए घनस्यामको बाल्यकाल ।

उनको बाल्यकालको अवस्था यस्तो थियो

उनको वाल्यकालको अबस्थालाई फर्केर हेर्दा आफु निम्न वर्गिय परीवार अन्र्तगतको भएको बताए । उनको वुवा आमाले आफनो पेट काटेर छोराछोरीको भविष्यको लागि धेरै नै संर्घष गरेको जानकारी गराए । आफुले त्यो वुवा आमाको संर्घष देख्दा आफैलाई दुःख महसुस हुन्थ्यो । सानै उमेरमा पनि उनले आमालाई हरेक काममा सघाउने गरेको उनले बताए । घनस्यामको आमाले लेख्न पढ्न नजान्ने भएको हुँदा औठा छाप हुनुहुन्थ्यो ।

त्यसकारण छोरा छोरीलाई पढ्नका लागि निकै अनुरोध गर्ने गरेको बताए । आफुलाई आज पनि याद भएको भन्दै हाम्रै पढाई लेखाईका कारण वुवा आमाले घाम, पानी भोक प्यास नभनेर काम गनुपथ्यो । तर अहिलेको अवस्था त्यस्तो भने छैन् । सायद आफुहरु सोनो हुँदा वा आमाले त्यति नगर्नु भएको भए आज हामी यो ठाउँमा हुने थिएनौ होला उनले भने । त्यो बेलाको मेहनत र संर्घष अनि वुवा आमाको संस्कारले नै आफु यहाँसम्म आएको बताए । त्यो समयमा खाली खुट्टा हिड्नु पथ्र्यो, चिसो मौसममा न्यानो कपडा हुदैनथ्यो, चप्पल चुड्दा डोरीले बाधेर लगाउनु पथ्यो, कपडा च्यातियो वा उध्रियो भने आमाले सेतो धागोले सिलाई दिनुहुन्थ्यो उनले भने ।

त्यो समयमा उनलाई उहि कुरामा खुसि मिल्ने गरेको बताए । तर साथी भाईहरुले त्यस्तो देख्दा गिज्याउथ्थे उनले बताए । कहिले काहिँ वुवा आमा बजार जानुभयो भने आफुहरु सबैले चक्लेट, बिस्कुटको माग गथ्यैे । जब बजारबाट बेलुकी फकिर्नुहुन्थ्यो सबै हतार हतार झोला खोल्ने गरेको भएपनि त्यहाँ चक्लेट, विस्कृट हुदैनथ्यो । आफुहरु सबै रुने हुँदा चक्लेट बनाउने मान्छे म¥र्यो रे अर्को पटक ल्याईदिन्छु यस्तै यस्तै भनेर फकाउने गरेको बताए ।

उनको पढाईको यात्रा

उनि कक्षा १ देखी नै गाउँबाट करीव ३० मिनेट लाग्ने भिरको बाटो अर्को गाउँमा पढ्न जाने गर्दथ्ये । बाटो अप्ठेरो भएर दाई दिदीको साहारा लिनुपर्ने थियो । उमेर पनि करीब एकमा पढ्दा करिब ६ वर्षको हुन्थ्यो । आमा अहिले पनि भन्नुहुन्छ कक्षा १ मा १ पटक फेल हुँदा धेरै नै राएको थिए रे उनले भने । तर त्यसपछि त्यो दिन कहिल्यै आएन, उनि कहिलै फेल नभएको कुरा बताए । गाउँबाटै सुरुवात भएको उनको पढाई गाउँ हुँदै पोखरा देखी मुस्ताङ सम्म पुगेको जानकारी दिए । पछि गाउँ फर्किएर गाउँमै उनकै रोहवरमा कक्षा १ देखी ३ सम्म सञ्चालन गर्न सहयोग गरे अहिले पहिले जस्तो ३० मिनेट लगाएर सानो उमेर मै भिरको बाटो त्यो बेला जति अहिले अप्ठेरो नभएको बताए ।

बाल्यकाल यहि गर्छु भन्ने सोच नभएको

मलाई वाल्यकालको दुई कुरा याद छ, एउटा घरमा भएका लाइट, घडी, रेडीयो सबै म खोलेर हे¥थे तर कसैलाई थाहा हुदैनथ्यो उनले भने । खोल्थे फेरी त्यस्तै गरी बन्द गरेर राखिदिने गरेको बताए । घरमा कहिले काहिँ यस्ता विभिन्न सामाग्री विग्रीदा उनलाई नै आरोप लाग्ने गथ्यो । कहिले काहिँ आफुले नगरेको काममा पनी आरोप आउँदा रिस उठ्ने उनले बताए । विग्रीदा बनाउथे पनि उनले । उनले वाल्यकालको अवस्थामा धेरै रेडीयो, घडी फोरेको बताए । उनले किताबमा खोजी खोजी एक एक अक्षर काटेर टास्ने र आफनोे नाम लेख्ने गरेको बताए ।

हालको पेशामा आवद्ध हुनुको कारण

उनि करिब २०६६÷०६७ साल तिर रोल्पामा रेडियो पत्रकारिता र छापा पत्रकारितामा आवद्ध भएका थिए । उनको दाई ओम प्रकाश गिरी पनी रेडियोमा आवद्ध थिए । जिल्लाको साहित्य संगठन तिर पनी सकृय थिए । उनलाई दाईले सधै त्यो पेशामा नलाग्न आग्रह गर्दै आएका थिए । उनि संग दाई रिसाएको पनि बताए । तर उनि कहिल्यै दाईको कुरा नसुनेको बताए । एकदिन सोचे आफनाहरुले आफनै राम्रोको लागि त भन्छन् होला भनेर सोचे त्यसपछि पत्रकारिता साहित्य क्षेत्र छोडेर पर्यटन क्षेत्र तिर लागेको बताए ।

आतिथ्य सत्कारको क्षेत्रमा रमाउँदा अत्यन्त ध्यान आकर्षित नभएको उनको भनाई छ । विस्तारै अध्ययन अध्यापन खोज गर्दा गर्दै यहि पेशा ति आनन्द लाग्न थालेको उनको अनुभव रहेको छ । र एक दिन हस्पिटलको टिमलाई खाना खुवाउनुथ्यो उनिहरुसंग उनि अलि क्लोज भएको बताए । उनले डाक्टर साव नमस्कार भने डाक्टरले प्रति उत्तरमा सबैको अगाडी तापाईको डाक्टर म मेरो डाक्टर तपाई डाक्टरले भनेको अनुभव सुनाए । मान्छेलाई रोगी बनाउने भनेकै खानपीनले भएको भन्दै खानपिनमा ध्यान दिइयो भने औषधी र डाक्टर खोज्नै पदैर्न त्यसैले उहाँ हामी सबैको डाक्टर हो जसले हामी कसैलाई पनि रोगी बनाउँदैन र निरोगी बनाउँछ उहाँ मेरो राम्रो साथी पनी हो । भन्दै सबैको अगाडी मेरो बारेमा सम्पूर्ण कुराहरु भनेको सुनाए ।

त्यो भन्दा आफु पनि खुसी भएको बताए । हालको आफनो पेशा प्रति गर्व हुन्छ,उनलाई आफनो पेशाबाट सन्तुष्टि मात्रै हैन गर्व महशुस हुने बताए । किनकी आफनो करिव दश वर्षको कार्य अनुभवमा दश हजार जनालाई आफुसंग भएको सिप हस्तान्त्रण गरेको र उनिहरु मध्ये धेरै जना आर्यआर्जनमा जोडिएको र केहि जापन, यूरोप, अमेरिका भएको र कोहि आफनै देशमा स्वरोजगार भएको बताए । आफुले दिएको सिप सहि ठाउँमा प्रयोग भएको देख्दा खुसि हुने गरेको बताए । गाउँ घरमा खाली बसेका जिवनमा के गर्ने भन्दै अल्झि राख्नुभएका परनिर्भर हुनुभएका, आफुलाई खान मन लागेको, लगाउन मन लागेको विषयमा पनि अरु संग हात थाप्नुपर्ने महिला दिदी वहिनीहरुलाई होमस्टे पर्यटनको माध्यमबाट राम्रो आम्दानी गरेर आत्मनिर्भर हुनुभएको बताए । आफुहरुको सानो सहयोगले उहाँहरुको जिन्दगीमा कायापलट आएको छ, हिजो ति गरिवीको रेखामुनी अल्झी राख्नु भएका परिवार आज खुलेर पेटभरी खान र राम्रो लगाउन सक्ने हुनुहुन्छ त्यहिमा आफुलाई सन्तुष्ट लाग्ने गरेको बताए ।

भविष्यको योजना

दुनिया बहुत प्रतिस्पर्धामक छ तर काम गर्नेहरुका लागि दुनिया खुल्ला छ । पर्यटन एक ठुलो पोजेक्ट हो । यसको कुनै स्वरुप, सिमा छैन, तर खुकुरीको धारमा पैतला राखेर हिडे जस्तै चुनौति रहेको बताए । थोरै गडबढ भयो भने दुर्घट्ना हुनसक्छ त्यसैले पर्यट्न धेरै संवेदनसिल पनि छ । पर्यट्नलाई निदाएका आखाले हेर्न, कहिल्यै ननिदाउने आखाले हेर्ने हो । पर्यटनमा अमुलय देखी काम नलाग्ने चिजहरु पनी प्रयोगमा आउने गरेको उनले बताए । हामी पर्यटनको सम्पूर्ण सर्कल सहित गुरुयोजना तयार गर्दै गरेको जानकारी गराए । आफुहरुले मेघा टेक्नीकल इनिच्यूट सहित पर्यटन तथा होटल होमस्टे सम्बन्धी तालिम सहित दाङमा संचालन गरिरहेको बताए । कृषि पर्यटनका लागि घोराही आसपासमा जग्गा लिजमा लिएर काम गर्ने र अव सबै अर्गानिक उत्पादनलाई बजारीरकण तथा व्यवस्थापन गर्ने बताए । राप्ती भित्रका पर्यटन क्षेत्रलाई अध्ययन गर्ने जानकारी दिए । प्राकृतिक सौन्दर्य भएका ठाउँ र भौतिक संरचना र पूवार्धारको अध्यन गरि पर्यटनमा बदलेर काम गर्ने बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]