
Pbu
Jsbg-7
Usbl-7
ksbl-7
Rksr-7
jsbr-3
Gsbr-6
Msbg-2
Gsbg-3
Csbg-7


दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आठौं बैठक आज पनि बस्दैछ ।
प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।
त्यसैगरी,सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको छ । यस्तै,अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै,गत चैत २२ गतेबाट सुरु भएको प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गतका बैठकहरु निरन्तर रुपमा सञ्चालन हुँदै आएका छन् ।
