देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा चौधरीको मृत्यु : यादव गम्भीर घाइते

दाङ । देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्व- पश्चिम महेन्द्र राजमार्गको लमही नगरपालिका वडा नम्बर १ कौडियामा लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् । मोटरसाईकल चालक लमही नगरपालिका ३ बस्ने ३१ बर्षका किसन […]

मृगौला पीडित घर्तीद्वारा उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह

दाङ । घोराहीमा मृगौला पीडित एक परिवारले उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गरेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–२ शेरवाङ घरभै हाल घोराही उपमहानगरपालिका वडा नम्बर १८ गिठेपानी बस्दै आएका युवराज घर्ती मगर करिव एक वर्षदेखि मृगौला रोगबाट पीडित भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाई भएकाले उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गरेका छन् । […]

दाङमा कोरोना संक्रमण शून्य,पाँच लाख ६ हजार जनाले खोप लगाए

दाङ । दाङमा कोरोना भाइरसको संक्रमण दर शून्यमा झरेको छ । आज नयाँ थपिने संक्रमित नभएपछि जिल्लामा कोरोनाको संक्रमण दर शून्यमा झरेको हो । स्वास्थ्य कार्यालय दाङका अनुसार १२ बर्ष माथीका सबै नागरिकहरुलाई खोप दिएपछि संक्रमित हुने दर बढ्न नसकेको हो । बितेको ११ महिनामा १३ हजार २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको […]

मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए । सो रिटमाथि […]

हात्तीपाईले बिरुद्ध औषधी खुवाउने आज ११ औँ दिन, दाङमा तीन लाख ७४ हजारले औषधी खाए

दाङ । दाङमा करिब ५० प्रतिशत नागरिकहरुले हात्तीपाईले बिरुद्धको औषधी खाएका छन् । गएको फागुन २८ गतेबाट शुरु भएको आम औषधी सेवन कार्यक्रममा मंगलबार सम्म करिब ५० प्रतिशत नागरिकहरुले औषधी खाएको स्वास्थ्य कार्यालय दाङले प्रारम्भिक तथ्यांक निकालेको छ । अहिले सम्म ३ लाख ७४ हजार १ सय ४४ जनाले औषधी आएका छन् । जिल्लाका दशवटै […]

लमहीमा विभिन्न पार्टी परित्याग गर्दै ३६ जना काङ्ग्रेसमा प्रबेश

दाङ । लमहीमा विभिन्न पार्टी परित्याग गरि ३६ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । लमही नगरपालिका वडा नम्बर ६ का स्थानियहरु अन्य पार्टीको सिद्धान्त मन नपरेको भन्दै काँग्रेसमा प्रबेश भएका हुन् । देशैभर चलिरहेको “घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियान कार्यक्रमको अबसर पारेर उनिहरु काँग्रेसमा प्रबेश भएका हुन् । सोही अबसरमा वडा नम्बर ६ मा […]

अभिनेता शाह प्रकरणमा: प्रहरीले अनुसन्धान सकेर अदालतकाे जिम्मा लगायाे

तनहुँ । नाबालिग बलात्कार आराेपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पुर्ण विक्रम शाह) माथि अनुसन्धान सकिएको प्रहरीले जनाएको छ। करिब ३ साता अघिदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता शाह विरूद्धको अनुसन्धानलाई अन्तिम रुप दिदै अदालतकाे जिम्मा लगाएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले उजुरीको आधारमा पटक पटक म्याद थपगरि अनुसन्धान पूरा गरेर […]

तालिम लिएपछि उद्यमी बनेका नागरिक

दाङ । गढवा गाउँपालिका वडानं.७ झारबैरा निवासी दानबहादुर चौधरी पेशाले इलेक्ट्रोनिक्स टेक्नीसियन हुनुहुन्थ्यो । कोभिड–१९ सुरु भएपछि उहाँको ब्यवसाय चौपट भएपछि गाउँ फर्केर खेति किसानीमा लाग्नुभयो । गढवा गाउँपालिकाले उद्यम बिकास कार्यक्रम अन्तर्गत संचालन गरेको तरकारी खेति तालिम लिएपछि म आत्मनिर्भर र ब्यवसायिक बन्न सकेको छु–चौधरीले भन्नुभयो । तालिम लिनुअघि मैले फलाउने करेला बाङ्गाा टेढा […]

नेपालगन्ज १८ का वडाध्यक्ष दिपक बर्माले गुन्डागर्दी सैलिमा सरसफाइ गर्नेलाई कुटपिट गरेर घाइते

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले नगरपालिकाबाट खटिएका ५ जना सरसफाइ कर्मचारीमाथी कुटपिट गरेका छन् । यो घटना ७ गते आइतबारका दिन करिब ११ र १२ बजेको बीचमा भएको पीडितको भनाइ रहेको छ । वडा कार्यालयमा बिहान करिब ५ बजेदेखि १२ बजे सम्म सरसफाइ गर्दै गर्दा आफ्नो ड्युटीको समय […]

प्रदेश वन ऐन तथा कार्यक्रमका बारेमा छलफल

दाङ । लुम्विनी प्रदेश वन ऐन, २०७८ आईसकेपछि वन ऐन कार्यान्वयनका वारेमा सरोकार वालाहरु संग छलफल गरिएको छ । सव डिभिजन कार्यालय राप्तीको आयोजनामा राप्ती गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, सामुदायिक वन समुहका अध्यक्षहरुसंग प्रदेश वन ऐन, २०७८ मा उल्लेख गरिएका विषयवस्तु बारे जानकारी गर्दै सहज कार्यान्वयनका लागि सव डिभिजन कार्यालय राप्तीले आब्हान गरेको छ । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]