Sidha Patra शनिबार, चैत्र २८, २०८२

काठमाडौँ । सरकारले नापी कार्यालय र मालपोत कार्यालयलाई गाभेर एउटै एकीकृत कार्यालय बनाउने तयारी अघि बढाएको छ ।

प्रस्तावित कार्यालयको नाम ‘जग्गा प्रशासन कार्यालय’ वा ‘भूमि प्रशासन कार्यालय’ राख्नेबारे छलफल भइरहेको छ । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश भट्टका अनुसार दुवै कार्यालयलाई एकीकृत गर्ने विषयमा विभिन्न चरणमा छलफल सुरु भइसकेको छ । मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयबाट समेत आवश्यक तयारी अघि बढाउन निर्देशन आएपछि मन्त्रालयले गृहकार्य थालेको हो ।

मन्त्रालय स्रोतका अनुसार सम्भवतः आगामी आर्थिक वर्षदेखि नापी र मालपोत कार्यालय गाभिने सम्भावना छ । यसै सन्दर्भमा आइतबार मन्त्रालयले विस्तृत छलफल आयोजना गर्दै भूमि व्यवस्थापन विभाग र नापी विभागका महानिर्देशक तथा उच्च अधिकारीहरुबाट सुझाव संकलन गर्ने तयारी गरेको छ । दुवै कार्यालय एकीकृत भएमा हाल छुट्टाछुट्टै रहेका भूमि व्यवस्थापन विभाग र नापी विभाग पनि एउटै संरचनामा जानेछन् । तर, एकीकृत कार्यालयको नेतृत्व प्रशासन समूहका कर्मचारीले गर्ने वा प्राविधिक (नापी) समूहका कर्मचारीले गर्ने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन ।

त्यस्तै सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक जिल्लामा एउटै एकीकृत कार्यालय राख्ने योजना बनाएको छ । हाल देशभर १ सय ७० वटा नापी र मालपोत कार्यालय सञ्चालनमा रहेकामा यो संख्या घटाएर ७७ जिल्लामा एक–एक वटा कार्यालय मात्र राख्ने तयारी गरिएको छ । यससँगै कर्मचारी संरचनामा समेत कटौती हुने देखिएको छ । नयाँ संरचनाअनुसार प्रत्येक कार्यालयमा १५ देखि २० जना मात्र कर्मचारी रहने अनुमान गरिएको छ ।

मन्त्रालयले नतिजामा आधारित शासकीय सुधारका लागि तयार पारेको दश बुँदे कार्ययोजनामा पनि महानगरपालिका तथा उपमहानगरपालिकाबाट एकीकृत संरचनामार्फत सेवा प्रवाह गर्ने व्यवस्था समेटिएको छ । नापी र मालपोत कार्यालय गाभ्ने प्रयास भने नयाँ होइन । यसअघि २०५७ सालमा पनि यस्तो निर्णय भएको थियो। तर, नेतृत्व कसले गर्ने भन्ने विवादका कारण कार्यान्वयन हुन सकेन । अहिले पनि सोही विषयमा प्रशासन र प्राविधिक समूहबीच मतभेद कायम रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]