शिबराज पन्थी/गढवा मंगलबार, चैत्र ०८, २०७८

दाङ । गढवा गाउँपालिका वडानं.७ झारबैरा निवासी दानबहादुर चौधरी पेशाले इलेक्ट्रोनिक्स टेक्नीसियन हुनुहुन्थ्यो ।

कोभिड–१९ सुरु भएपछि उहाँको ब्यवसाय चौपट भएपछि गाउँ फर्केर खेति किसानीमा लाग्नुभयो । गढवा गाउँपालिकाले उद्यम बिकास कार्यक्रम अन्तर्गत संचालन गरेको तरकारी खेति तालिम लिएपछि म आत्मनिर्भर र ब्यवसायिक बन्न सकेको छु–चौधरीले भन्नुभयो । तालिम लिनुअघि मैले फलाउने करेला बाङ्गाा टेढा र किराले खाएका हुन्थे । उद्यम बिकास तालिमबाट तरकारी खेति गर्ने प्रबिधि सिकेपछि आजकल लौका र करेला सोझा र सप्रिएका फल्ने गर्छन र किरा पनि लाग्दैनन् । चौधरीले मंगलबार गढवामा आयोजित सार्बजनिक कार्यक्रममा सफल उद्यमीको कथा सुनाउनुभयो ।

गढवा ७ कान्छीगाउँ निवासी सिता चौधरीले च्याऊ खेति गर्न थालेको पाँच बर्ष भयो । पहिले सिप नभएर राम्रोसंग च्याउ उत्पादन गर्न सकिरहेकी थिइन । गढवा गाउँपालिकाले आयोजना गरेको उद्यम बिकास तालिम लिएपछि च्याउखेति गर्ने पुर्ण प्रबिधि सिके,अहिले राम्रोसंग च्याउ उत्पादन गरिरहेकी छु–चौधरीले भन्नुभयो । त्यसो त गाउँपालिकाबाट च्याउखेतिका लागि ५० हजार अनुदान पाएपछि अहिले ब्यवसायिक रुपमा खेति गरेर आत्मनिर्भर बनेको उहाँले बताउनुभयो । उहाँहरु जस्तै गढवा ६ की शान्ती चौधरीले सिलाई कटाई सम्बन्धि उद्यम बिकास तालिम लिएपछि आटवटा मसिन राखेर सिलाई कटाई प्रशिक्षण केन्द्र खोलेको कार्यक्रममा बताउनुभयो ।

तालिम लिएपछि पसल खोलें त्यसको केहि महिनामै सिकाई सेण्टर खोलेर दैनिक ७ जनालाई सिलाई र कटाईको तालिम दिने गरेकी छु–उहाँले भन्नुभयो । उहाँहरु जस्तै गढवा ४ की सृजना चौधरीले डल तथा बुटिक तालिम लिएर आफ्नै पसल संचालन गरेको कथा कार्यक्रममा सुनाउनुभयो भने गढवा ७ कान्छीगाउँ निवासी निता चौधरीले उद्यम बिकास तालिम लिएर कुखुरा पालक किसान बन्नुभएको कथा सुनाउनुभयो ।

कार्यक्रममा उपस्थित एक दर्जन बढी नागरिकहरुले गाउँपालिकाको उद्यम बिकास तालिम लिएपछि स्वरोजगार र आत्मनिर्भर बनेको बताए । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाको उद्यम बिकास शाखाद्धारा आयोजित लघुबित्तमा पहुँच सम्बन्धि अन्तरक्रीयामा बोल्दै सहभागी नागरिकहरुले आ–आफ्ना उद्यमका बारेमा सफलताको कथा सुनाएका हुन ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा जालपा सामुदायिक उद्यम बिकास संस्थाका कमला कान्त दाहाल,उद्यम बिकास अधिकृत गौरी शर्मा, उद्यम बिकास सहजकर्ता संजय दाहाल,पत्रकार शिबराज पन्थी र देउखुरी सामुदायिक पुस्तकालयका सदस्य थानेश्वर आचार्य लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण गढवा गाउँपालिकाका उद्यम बिकास सहजकर्ता मिना चौधरी र बिनु भुजेलले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]