
Sgr
Pes
Rgp1
Rgp
Lnp
pku
cjs
Djs
Unsku
Ggp
sbs
Srbpu
Gfs
Pbu

Hal
Sbs
nsb
Sls
Vor
Rgu
Bbbpu
Asm
Ssm
Ggd
Rsb
Bbu
Wsp
Gst
Rgu
Rgs
Pvg
Ksm
Tsm

Abd
Jmb
Rpp
Rmb
Gsb
Ptm
sab
Bml
Pls
Mks
Syp
bbt
Jmb
दाङ । घोराहीमा मृगौला पीडित एक परिवारले उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गरेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–२ शेरवाङ घरभै हाल घोराही उपमहानगरपालिका वडा नम्बर १८ गिठेपानी बस्दै आएका युवराज घर्ती मगर करिव एक वर्षदेखि मृगौला रोगबाट पीडित भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाई भएकाले उपचारमा सहयोग गरिदिन सवैसँग आग्रह गरेका छन् । घरको सामन्य अवस्था भएको र उपचारका लागि सहयोग माग्दामाग्दै करिव दश लाख रुपैया ऋण लागिसकेकाले उपचारमा कठिनाई भएको भन्दै श्रीमती मालती घर्ति मगरले श्रीमानको उपचारका लागि सहयोग गरिदिन संघ सस्था तथा सहयोगी व्यक्तिहरुलाई आग्रह गरेकी हुन् ।
श्रीमानको डायलाईसिस गर्न हप्तामा २ पटक लमही अस्पतालमा जानुपर्ने बाध्यता भएको हुँदा जाँदा आउँदा तथा औषधि किन्न पैसा अभाव हुँदै आएको छ । ‘घरको कमजोर अवस्था कारण उपचारमा समस्या भएको छ । एक हप्तामा दश हजार रुपैया खर्च हुने गर्दछ’,श्रीमती मालतीले भनिन्,‘तर घरमा कमाउने कोही हुनुहुन्न । उपचार के गरी गर्ने हो भन्ने चिन्ताले सताएको छ । उपचारमा धेरै खर्च हुने भएकाले सहयोग गरिदिन आग्रह गर्दछु ।’
काठमाडौको टिचिङ अस्पतालमा उपचार भएको भन्दै उनले अहिले लमहीमा रहेको बुद्ध सामुदायिक अस्पतालमा मृगौलाको नियमित रुपमा डायलाईसिस गर्दै आएका छन् । पैसा नहुँदा श्रीमानलाई डायलासिस गर्न लमहीसम्म लग्न समेत समस्या हुने गरेको श्रीमती मालतीले बताइन । ‘लमही लग्न, औषधी किन्नलगायत गर्दा एक पटकमा पाँच हजार सकिन्छ । हप्तामा दुई पटक डायलाईसिस गर्नुपर्ने हुन्छ’,उनले भनिन्,‘तर उपचार गर्दागर्दै कहिलेकाही लमहीसम्म लग्ने पैसासम्म हुन्न ।’ सहयोगका लागि ९८४८०५८३२४ नम्वरमा सम्पर्क गर्न समेत आग्रह गरेकी छिन् ।
