
Sds
Pbu
Gisld
Rbs
mbd
Mbdvs

Ssm
Rgu
Sbs
Ksm
Rsb
Sls
Wsp
Rgu
nsb
Vor
Bbu
Hal
Pvg
Bbbpu
Gst
Ggd
Rgs
Asm
Tsm

Bml
Gsb
Abd
Jmb
Pls
bbt
Rpp
Jmb
Syp
sab
Ptm
Rmb
Mks
दाङ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको २२ औं साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ ।
उपशाखाका सभापति उमाकान्त पन्तको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै मानव सेवामा समर्पित रेडक्रस उपशाखा गढवाले विगत देखि यस क्षेत्रमा महत्वपूर्ण ढंगले विपद प्रतिकार्य तथा खोज उद्धारमा काम गर्दै आएको बताए ।
द्धन्दको समयमा विपदमा काम गर्ने सामाजिक संस्था रेडक्रस अवका दिनमा स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा शसक्त र उदाहरणीय रहेर काम गर्ने शर्माले बताए । सो अवसरमा रेडक्रस जिल्ला सभापति मदन गौतम, रेडक्रस लुम्बिनी प्रदेशका सहकोषाधयक्ष ज्ञानहरी रिजाल,उपशाखा गढवाका पूर्व सभापति दयाराम यादव, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, अक्षयकोष संस्थापक कपिलदेव खनाल, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष दुखहरण यादव र दलित शसक्तिकरण अभियानका चन्द्रबहादुर नेपाली लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थागत प्रतिवेदन सचिव उमानाथ यादवले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष टंकेश्वर भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपशाखाकाउपसभापति रुमा अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार आलोक भावुकले गरेका थिए । साधारणसभाले यसअघि गठन गरिएको तदर्थ समितिलाई अनुमोदन गर्दै बैशाखमा आह्वान गरिएको निर्वाचन सम्पन्न गर्न थप गृहकार्य गर्ने भएको छ ।

