
cjs
Lnp
Ses
Gfs
Rgp1
Srbpu
Rgp
Pes
Ggp
Unsku
Djs
pku
Pbu
Sgr

Pvg
Ssm
Ggd
Rgu
Tsm
Rgu
Bbbpu
nsb
Rgs
Hal
Ksm
Gst
Sbs
Rsb
Sls
Wsp
Bbu
Vor
Asm

Gsb
sab
Jmb
Bml
Rpp
Rmb
Pls
bbt
Abd
Ptm
Mks
Jmb
Syp
काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।
सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले अन्तरिम आदेशका लागि भने रिट निवेदक र विपक्षी दुबै पक्षलाई छलफलमा बोलाएको छ ।अनलाइनखबर
