
Gsbr-6
Msbg-2
Jsbg-7
Usbl-7
jsbr-3
ksbl-7
Rksr-7
Csbg-7
Gsbg-3
Pbu
दाङ । राप्ती चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवको भोलीबाट सुरू हुँदै छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा भोली चैत्र ११ गते देखी २२ गते सम्म राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा सञ्चालन हुन लागेको हो । यसै बीच महोत्सवको सम्पूर्ण तयारी समेत पूरा भएको महोत्सव मुल आयोजक समितिका अध्यक्ष सुरज […]
दाङ । दाङमा लागु औषध सहित तीन जना व्यक्तिलाई प्रक्राउ गरेको छ । उनिहरुलाई जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ जिल्ला अदालत नजिक रहेको पार्वती रेष्टुरेन्टबाट प्रक्राउ गरिएको हो । प्रक्राउ पर्नेका घोराही १५ काठेकोल बस्ने बर्ष २८ का बिक्रम चौधरी, सोहि ठाउँ बस्ने बस्ने २५ का सुनिल विक र २१ बर्षका सुशिल एरी रहेको […]
काठमाडौं । आज विश्व क्षयरोग दिवस,नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईँदैछ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता […]
दाङ । जेष्ठ नागरिकलाई लक्षित गरि नि:शुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर सन्चालन गरिएको छ । राप्ती गाउँपालिका वडा नं ६ को आयोजनामा पत्थरगढवा स्थीत सामुदायिक स्वास्थ्य ईकाइमा स्वास्थ्य तथा आखाँ जाच शिवीर सन्चालन गरिएको हो । वडा कार्यालयको नियमित कार्यक्रम अन्तरगत जेष्ठ नागरिकलाई लक्षित गरि शिविर सन्चालन गरिएकोले वडा वासी जेष्ठ नागरिले नजीकै प्रारम्भीक […]
दाङ । सबैका लागि पढाइ कार्यक्रमका लागि राप्ती गाउँपालिका दाङमा स्थानिय तहसंग योजना तर्जुमा तथा समन्वयात्मक बैठक गरिएको छ । अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपालको आयोजनामा कार्यपालिका पदाधिकारी एवं शाखा प्रमुखहरुसंग समन्वयात्मक बैठक गरिएको हो । गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता तथा पालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको बैठकमा राप्ती गाउँपालिका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोलामा ३० सदस्यिय काँग्रेसको टोल समिती गठन गरिएको छ । माओबादी केन्द्रको बाहुल्यता भएको यस ठाउँमा काङ्ग्रेस प्रतीको उत्सुक्ताले परिबर्तनको ढोका खोलेको हो । टोल समितिका निम्ति यो उल्लेख्य उपस्थिती र सदस्यता कम त हैन । बुधबार करँगामा आयोजित “घरघर जाऔँ, काँग्रेसलाई जिताऔँ” अभियानको अबसरमा टोल […]
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ सकिएको छ । प्रदर्शनीको बुधवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास,पर निर्भर मुखी अर्थतन्त्रको निकास’भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ९ गते सम्म घोराही […]
सल्यान । सल्यानमा तीन सय ७८ जना जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परिक्षण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकामा स्वास्थ्य कर्मीहरुले जेष्ठ नागरिकहरुलाई घरमै गएर भेटघाट र चेकजाँच गरेका हुन् । गाउँपालिकाको नीति अनुसार नै स्वास्थ्यकर्मीहरुलाई जेष्ठ नागरिकको घरदैलोमा खटाइएको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनुभयो । ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्बन्धीत वडा […]
दाङ । दाङमा बम जस्तो देखिने शंकास्पद बस्तुराखी अपहरणमा परेको भनी झुठ्ठा अपवहा फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीय जनक देबकोटा रहेको प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जनाकारी गराएको हो । देवकोटाले योजनाबद्ध तरिकाले शंकास्पद बस्तु राखेर आफु अपहरणमा परेको झुठ्ठो अपवाह […]
प्यूठान । गौमुखी गाउँपालिकाले आफ्नै शिक्षा ऐन तथा नियमावलीअनुसार विद्यालयहरूमा प्रधानाध्यापक छनोट गरी नियुक्ति गरेको छ । गाउँपालिकाले २०७७ सालमा जारी गरेको गाउँ शिक्षा ऐन तथा सोही ऐनबमोजिम बनेको शिक्षा नियमावली २०७८ अनुसार मङ्गलवार प्रधानाध्यापक छनोट गरेको हो । गाउँपालिकाले गत माघ १२ गते पालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयका लागि प्रधानाध्यापक पदमा दरखास्त आह्वान गरेको थियो […]