
Csbg-7
Usbl-7
Pbu
Msbg-2
Gsbg-3
Gsbr-6
ksbl-7
Rksr-7
Jsbg-7
jsbr-3
दाङ । घोराही उपमहानगरपालिकाले वडा स्तरीय मेलमिलाप कर्ताहरुलाई कानुनी ज्ञान, बिबाद मेलमिलाप गर्ने तरीका सँग क्षमता र नेतृत्व विकासका लागि तालिम दिन थालेको छ । उपमहानगरपालिकाको कानुनी मामिला शाखाले आज देखि घोराहीमा ८ दिने तालिमको आयोजना गरेको हो । नगरका १९ वटै वडाको मेलमिलाप केन्द्रमा सूचिकृत ५० जना मेलमिलापकर्ताहरुलाई सहभागि गराई तालिम दिन थालिएको शाखा […]
दाङ । मदन भण्डारी राजमार्ग अन्र्तगतको घोराही बंगलाचुली अवरुद्ध सडकखण्डमा आजदेखि टिप्पर संचालनमा आउने सहमति भएपनि संचालनमा आउन सकेको छैनन् । उक्त सडक कालोपत्रे नहुँदासम्म बाटो अवरुद्ध राख्ने स्थानीयले बताएका छन् । गत मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा सरोकारवालाहरुसंग बैठक बसी विगत लामो समयदेखि अवरुद्ध रहेको सडक आजदेखि संचालनमा आउने सहमति भएको थियो […]
दाङ । दाङ देउखुरीको राजपुर गाउँपालिकामा लोकसेवाका लागि एक महिने तयारी कक्षा संचालन कार्यक्रमको आज विधिवत रुपमा गाउँपालिका अध्यक्ष लोकराज केसीले उद्घाटन गर्नु भएको छ । राजपुर गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम संचालन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राजपुर गाउँपालिका अध्यक्ष केसीले लोकसेवा तयारी कक्षा संचालन हुन लागेको यो पहिलो पटक भएको भन्दै पढ्नेहरूका लागि […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले दाङ जिल्लामै नयाँ अभ्यास गरेका छन् । अधिकारीले निर्वाचन जितेर वडा अध्यक्ष भएपछि आफ्नो वडामा गरेका कामहरु सोमवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेका हुन । स्थानीय निर्वाचन नजिकिदै गर्दा जिल्लामै पहिलो पल्ट थालीएको यो अभ्यास अन्य पालिकाका वडा अध्यक्ष तथा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ को माओवादी केन्द्रको मुख्य आधार टोल मानिने चप्फा टोलका ४७ जनाले गोठे कुमालको नेतृत्वमा नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् । पार्टीका वडा सभापती धिर बहादुर यादवको अध्यक्षतामा भएको भेटिघाटी तथा पार्टी प्रवेश कार्यक्रममा कुमालको नेतृत्वमा ४७ जनाले पार्टी प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेस महासमिति सदस्य […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका भित्र २ सय किलोमिटर सडक निर्माण भएको छ । स्थानीय तहको निर्वाचन भएपश्चात ग्रामीण क्षेत्रमा सडक सन्जालले गाउँबस्ती जोडेको छ । विकास निर्माणमा पछि परेको कृष्णनगर नगरपालिकामा विकासको कार्यहरु तिब्र रुपले अघि बढिरहेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाले झन्डै ५ बर्षको अवधीमा २ सय किलोमिटर सडक निर्माण गरेको छ […]
दाङ । ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा राष्ट्रिय दलित पत्रकार संघ दाङले सञ्चार, न्याय, सामाजिक तथा आर्थिक विकासमा दलित समुदायको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । संघका अध्यक्ष बसन्त परियारको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्य एवं घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा जनता प्रगतिशील पार्टी नेपाल कपिलवस्तु जिल्ला कोषाध्यक्ष दिपेन्द्र गुप्ता (अग्रहरी)को निवासमा मित्र राष्ट्र भारत उत्तर प्रदेशका पूर्व विधानसभा अध्यक्ष तथा हालै सम्पन्न विधानसभा निर्वाचनमा इटवा विधानसभा सदस्य (विधायक) पदमा निर्वाचित भएका माता प्रसाद पाण्डेय लाई स्वागत गरिएको छ । जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष […]
दाङ । दाङमा अखिल नेपाल जनजाति सम्मेलन,मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल, मधेशी राष्ट्रिस मुक्तिमोर्चा (क्रान्तिकारी) नेपाल र थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल को संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् । घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्याली तथा प्रदर्शनमा एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद, भारतीय साम्राज्यवाद मुर्दाबाद, पेट्रोलियम पदार्थ मुल्य बृद्धि कम गर, महंगी नियन्त्रण कम […]
सल्यान । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा भौतिक पूर्वाधार विकासमा स्थानीय तहले महत्वपूर्ण काम गरेको बताएका छन् । आइतबार कपुरकोट गाउँपालिकाको वडा नम्बर ४ मा रहेको गायत्री आधारभुत विद्यालयकोे ४१ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले सामुदायीक विद्यालयको सुधारका लागि सबैको हातेमालो आवश्यक रहेको बताए […]