
Gisld
mbd
Sds
Mbdvs
Pbu
Rbs

Ggd
Asm
Rgs
Bbbpu
nsb
Sbs
Pvg
Sls
Tsm
Rgu
Vor
Ksm
Ssm
Bbu
Rgu
Hal
Wsp
Gst
Rsb

Syp
Abd
bbt
Gsb
Jmb
sab
Bml
Pls
Jmb
Rpp
Rmb
Mks
Ptm
रुकुम पूर्व । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय दृष्टिकोणले रुकुम पूर्व लुम्बिनी प्रदेशकै एउटा गहनाका रुपमा रहेको बताएका छन् ।
रुकुम पूर्व जिल्ला अन्तर्गत पुथा उत्तरगंगा गाउँपालिका-१० स्थित तकसेरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले रुकुम पूर्वको पर्यटन क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्न सके यहाँको आर्थिक अवस्था सुदृढ बन्ने र भविष्य उज्ज्वल हुने उल्लेख गरे ।
उनले रुकुम पूर्वको प्राकृतिक सम्पदाको संरक्षणका लागि समुदाय र राज्यबीच सहकार्य अपरिहार्य रहेको बताए ।`प्रकृतिले दिएका सम्पदाहरु यहाँका नागरिकको सम्पत्ति हुन् । प्रदेश सरकारले त्यसको संरक्षण र संवर्द्धन गर्नेछ । योजनाबद्ध रुपमा पर्यटन प्रवर्द्धन गरेर समुदायलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो,´ उनले भने । मुख्यमन्त्री आचार्यले सिस्ने र पुथा हिमाल जस्ता क्षेत्रको व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको बताए ।
रुकुम पूर्वमा करिब ७० प्रतिशत भूभाग राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने भएकाले यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो । साथै सिकार आरक्षण क्षेत्रले विदेशी पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको पनि उनले उल्लेख गरे । सहिद मार्गको विस्तारसँगै दुर्गम क्षेत्रहरु क्रमशः सुगम बन्दै गएको उल्लेख गर्दै उन लले यसले समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
प्रदेश राजधानी देउखुरीबाट बागलुङको बुर्तिबाङ हुँदै मध्यपहाडी लोकमार्गमार्फत यात्रा गर्दै रुकुम पूर्व पुगेका मुख्यमन्त्री आचार्यलाई भूमे गाउँपालिका-१ लुकुममा स्वागत गरिएको थियो । त्यसपछि पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय गाउँ तकसेरामा गाउँपालिकाले औपचारिक स्वागत गरेको हो ।
मुख्यमन्त्री आचार्य आज तकसेरामै बास बसेर भोलि जिल्ला सदरमुकाम रुकुमकोटमा निर्माण सम्पन्न भएको ५० शैयाको रुकुम पूर्व अस्पताल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस भ्रमणमा मुख्यमन्त्री आचार्यसँगै स्वास्थ्य मन्त्री खेम सारु, रुकुम पूर्वबाट निर्वाचित प्रदेश सभा सदस्य सुरुल पुन र दिलकुमारी बुढा लगायतको टोली सहभागी रहेको छ ।

