
Unsku
Rgp1
Djs
cjs
Pbu
sbs
Ggp
Sgr
Gfs
pku
Pes
Srbpu
Lnp
Rgp

Wsp
Rsb
Rgs
Ssm
Gst
Hal
Asm
Vor
Ggd
nsb
Pvg
Ksm
Tsm
Rgu
Rgu
Sbs
Bbu
Sls
Bbbpu

Jmb
Rpp
Rmb
Mks
sab
Pls
Jmb
Ptm
Bml
Syp
Abd
bbt
Gsb
दाङ । दाङमा करिब ५० प्रतिशत नागरिकहरुले हात्तीपाईले बिरुद्धको औषधी खाएका छन् । गएको फागुन २८ गतेबाट शुरु भएको आम औषधी सेवन कार्यक्रममा मंगलबार सम्म करिब ५० प्रतिशत नागरिकहरुले औषधी खाएको स्वास्थ्य कार्यालय दाङले प्रारम्भिक तथ्यांक निकालेको छ ।
अहिले सम्म ३ लाख ७४ हजार १ सय ४४ जनाले औषधी आएका छन् । जिल्लाका दशवटै पालिकाहरुमा अहिले आम औषधी सेवन कार्यक्रम जारी छ । यस बर्ष ६ लाख ५५ हजार ७ सय ६१ जनालाई औषधी खुवाउने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको थियो ।
सबै पालिकाहरुको अझै पूणर् बिबरण नपठाएको र तथ्यांकहरु अपडेट हुन पनि बाँकी रहेकाले अहिले सम्म ५० प्रतिशतले औषधी खाएको फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । पालिकाहरुले औषधी खुवाउनका लागि एक देखी दुई हप्ताको समय छुट्याएका छन् ।
एक हजार स्वास्थ्यकर्मीहरु औषधी खुवाउन घरदैलोमा रहेका छन् । दाङमा यो औषधी सेवन कार्यक्रम शुरुभएको १२ औँ बर्ष हो । गतबर्ष दाङमा ६४ प्रतिशत नागरिकहरुले मात्रै औषधी खाएका थिए ।
सबै नागरिकहरुले नियमित औषधी सेवन नगर्दा अभियान नै प्रभावित हुदै आएको छ । हालै रामपुरमा ३ सय ३० जनाको नमूना जाँच गर्दा ११ जनामा र सिसहनियामा ३ सय १४ जनाको नमूना जाँच गर्दा १५ जनामा हात्तीपाईलेको परजिवी भेटिएको थियो ।
स्वास्थ्य कार्यालयको आँकडा अनुसार हातखुट्टा सुन्नीएका २ सय ८९, हाईड्रोसिल भएका १६ सय १४ र दुबै भएका १ सय ३२ जना हात्तीपाईलेका रोगिहरु रहेका छन् । अबको २ बर्षमा जिल्लाबाट हात्तीपाईले रोगलाई निवारण गर्ने लक्ष्य लिईएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीको भनाई छ ।
अहिले पनि जिल्लामा ४ प्रतिशतमा हात्तीपाईलेको परजिवी रहेको छ । कम्तिमा २ प्रतिशत भन्दा तल झार्ने गरी आमऔषधी सेवन कार्यक्रम सञ्चालन गरिएको शाहीले बताउनुभयो । नेपाल सरकारले भने सने २०३० सम्म नेपालबाटै हात्तीपाईले रोग निवारण गर्ने योजना बनाएको छ ।
