Sidha Patra मंगलबार, चैत्र ०८, २०७८

तनहुँ । नाबालिग बलात्कार आराेपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पुर्ण विक्रम शाह) माथि अनुसन्धान सकिएको प्रहरीले जनाएको छ।

करिब ३ साता अघिदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता शाह विरूद्धको अनुसन्धानलाई अन्तिम रुप दिदै अदालतकाे जिम्मा लगाएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले उजुरीको आधारमा पटक पटक म्याद थपगरि अनुसन्धान पूरा गरेर रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल साेमबार बुझाएकोमा अब बाकी कानुनी प्रक्रिया अदालतले नै गर्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबू रेग्मीले बताए।

प्रहरीले अनुसन्धानका क्रममा अपनाउनु पर्ने आवश्यक विकल्पहरुबाट अनुसन्धान पूरा गरिसकेको बताउदै प्रहरी उपरीक्षक रेग्मी भन्छन;”हामीले घटनाकाे प्रकृति अनुसार अनुसन्धान गरिसकेकाे भनेर अदालतलाई जिम्मा दिइसकेका छौ अब सबै अदालतले नै गर्ला यद्यपि यसपछि त्यस्ता कुन‌ै सबुत फेला परेपछि अनुसन्धान गर्छौ नै अहिले हामीबाट अदालतमा गइसकेको छ।” उता अदालतले पनि प्रहरीले बुझाएको रायसहितकाे अनुसन्धान मिसिल अध्ययन गरे मंगलबार मुद्दा दर्ता गर्न सक्ने अदालतकाे भनाइ उदृध गर्दै प्रहरी उपरीक्षक रेग्मीले बताए।

अभिनेता शाह माथि एउटै नाबालिकले एकै कसुरमा दुई ठाउबाट किटानी जाहेरी दिएकि थिइन। पहिलोपटक गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी आराेपित शाह फागुन १५ गते तनहुँ प्रहरीमा पुगेकै दिन उता नवलपरासी (पुर्व) काे ईलाका प्रहरी कार्यालय गैँडाकोटमा दाेस्राे पटक जाहेरी दिएकि थिइन। त्यसयता प्रहरीले अभिनेता शाह माथि फागुन १५ मा ७ दिन, फागुन २१ गते १२ दिन र चैत ४ गते ५ दिन म्याद थप गरेर अनुसन्धान गरेकाे हाे। अनुसन्धानका क्रममा प्रहरी घटना घटेकाे भनिएकाे स्थानमा समेत पुगि उनिहरु बसेकाे तनहुँको दुलेगौंडा स्थित प्रदीप थापाको घरमा बास बसेकाे उल्लेख भए अनुसार थापा परिवारलाई पनि प्रहरीले साेधपुछ गरेकाे थियाे।

त्यसैगरी अनुसन्धानकै लागि शाहले अभिनय गरेकाे चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौले नियन्त्रणमा लिई साेधपुछपछि छाेडेकाे थियाे। साेहि अभियाेगमा शाहलाई सहयोग गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय तनहुँले शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिई जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद थप गरेर पनि अनुसन्धान गरेकाे थियाे ।

त्यस्तै उता गैडाकाेट प्रहरीले पनि शाहलाई तनहुँबाट गैडाकाेट झिकाइएर अनुसन्धान गरेकाे बताएको थियाे। शाह विरुद्ध नवलपरासी पूर्वकाे जिल्ला अदालतमा भने चैत ३ गते बलात्कार मुद्दा दर्ता भइसकेको छ। उक्त मुद्दामा १५ वर्ष ८ महिना ४ दिन उमेरकी नाबालिकलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतमा १४ वर्ष कैद सजाय र रू ४ लाख जरिवानाको मागदावी गरि मुद्दा दर्ता गरिएको छ।

अदालतले दाेषि ठहर गरे के हुन्छ ?

यस्तै नेपालको कानुनकाे मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अनुसार १८ वर्षभन्दा कम उमेरकि बालिकासँग सहमतिमै भएपनि शारीरिक सम्बन्ध राखे पनि बलात्कार कसुर ठहरिने व्यवस्था छ। शाह माथि लागेकाे मुद्दामा नाबालिक १५ वर्ष ८ महिना ४ दिन उमेर उल्लेख छ। अब यी दुवै जिल्ला अदालत तनहुँ र नवलपरासी (पुर्व) ले शाहलाई दाेषि ठहर गरेकाे खण्डमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अनुसार शाह माथि १० देखि १२ वर्ष कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]