
sbs
Pbu
cjs
Ggp
Lnp
Rgp
Srbpu
Djs
Gfs
pku
Rgp1
Unsku
Pes
Sgr

Bbbpu
Rsb
Ggd
Gst
Rgu
Vor
nsb
Asm
Pvg
Rgu
Bbu
Hal
Ksm
Tsm
Wsp
Sls
Rgs
Ssm
Sbs

Jmb
Rmb
bbt
Mks
Syp
Gsb
sab
Rpp
Ptm
Bml
Abd
Jmb
Pls
दाङ । दाङमा कोरोना भाइरसको संक्रमण दर शून्यमा झरेको छ । आज नयाँ थपिने संक्रमित नभएपछि जिल्लामा कोरोनाको संक्रमण दर शून्यमा झरेको हो । स्वास्थ्य कार्यालय दाङका अनुसार १२ बर्ष माथीका सबै नागरिकहरुलाई खोप दिएपछि संक्रमित हुने दर बढ्न नसकेको हो ।
बितेको ११ महिनामा १३ हजार २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो बिचमा दाङ जिल्ला भित्र र जिल्ला बाहिर दाङका करिब ४ सय जनाको कोरोना संक्रमणका कारण मृत्युभएको छ ।
अहिले सम्म ३ सय ५० जना मृत्युभएको रेकर्ड कार्यालयमा आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएका कारण मृत्युभएकाको परिवारले आबस्यक कागजपत्र बुझाउने क्रम जारी रहेको उहाँको भनाई छ ।
अहिले सम्म ३ सय ५० जनाको विबरण तयार भएको र थप ५० जनाको प्रकृयामै रहेको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले आबस्यक कागजपत्र तयार पारिदिने र जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले मृतकका परिवारलाई केन्द्र मार्फत नै जनहि एक लाख रुपैयाँका दरले आर्थिक राहत दिदै आएको छ ।
