आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस,विविध सचेतनामूलक कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । त्यस्तै यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समाराेह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । यसैगरी आज दिउँसो २ः२४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षाका लागि राष्ट्रिय अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदैछ […]

देउखुरीमा बस–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु,चार जना घाइते

दाङ । देउखुरी क्षेत्रमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो । दुर्घटना बिहीबार साँझ करिब ५ः३० बजे पुर्ब -पश्चिम सडक खण्ड लमही -७ नयबस्तीमा भएको हो। लमहीबाट […]

लुम्बिनी प्रदेशका सभामुख घर्तीद्वारा भौवा नाका र कुसुम जोड्ने बाटोको अबलोकन

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (बसन्त)ले बाँकेको कुसुम र दाङको भौवा नाका जोड्ने बाटोको अबलोकन गरेका छन् । दुई दिने भ्रमण तथा अबलोकनका लागि छिमेकी राष्ट्र भारतसंग जोडिएको दाङको राजपुर गाउँपालिका अन्तरगतका नाकामा पुगेका सभामुख घर्तीलाई ७ नम्बर वडा अध्यक्ष पुष्कर वलीले उक्त बाटोको अवस्था बारेमा अबलोकन गराएका हुन् ।त्यस्तै अबलोकनका क्रममा […]

देशैभर आज मकर (माघे) सङ्क्रान्ति पर्व भव्य साथ मनाइँदै

काठमाडौं । आज देभैभरी मकर अर्थात माघे सकराती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप,बतप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । […]

गगन थापाले लिए काङ्ग्रेस सभापतिको शपथ,अन्य पदाधिकारीको दिउँसो हुने

काठमाडौं । भृकुटीमण्डपमा भएको नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति चयन भएका छन् । निर्वाचन आयोगले सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची पढेर सुनाउँदै सबै निर्विरोध निर्वाचित भएको जानकारी गराएको छ । निर्विरोध निर्वाचित भएपछि सभापति थापालाई शपथ ग्रहण गराइएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भने बिहीबार दिउँसो शपथ […]

अमेरिकाको आप्रवासी भिसामा नेपाल लगायत ७५ देशका नागरिकलाई अस्थायी रोक

काठमाडौं । नेपाल लगायत ७५ देशका नागरिकहरुका लागि अमेरिकी विदेश मन्त्रालयले आगामी २१ जनवरीदेखि लागू हुने गरी आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ । त्यस्तै विदेश मन्त्रालयले आफ्नो स्क्रिनिङ र जाँचका मापदण्डहरू पुनरावलोकन नगरेसम्म कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनी अधिकार प्रयोग गर्दै भिसा अस्वीकार गर्न निर्देशन दिएको हो । यो स्थगन अनिश्चितकालका लागि रहने र […]

सरकारले दुई मुद्दा फिर्ता लिएसँगै रविलाई चुनाव लड्ने बाटो खुल्यो

दाङ । महान्यायाधिवक्ता कार्यालय मार्फत सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । स्रोतका अनुसार सरकारले बुधबार ती मुद्दा फिर्ता लिइएको हो । त्यस्तै सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमार्फत यो काम अघि बढाइने बुझिएको छ । यद्यपि उनीबिरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत छ […]

दाङको तुलसीपुर हिरासतमा रहेका एक थुनुवाको मृत्यु

दाङ । तुलसीपुर स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका वडा नम्बर –४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो। त्यस्तै चौधरी गत मङ्सिर २८ गते लागुऔषध ब्राउनसुगर सहित तुलसीपुर बसपार्कबाट […]

नेपाली काङ्ग्रेस फुट्यो,महामन्त्रीद्वय गगन र विश्व साधारण सदस्य नरहने गरी निलम्बित

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए । सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरिएको छ । यससँगै काङ्ग्रेस विभाजन भएको छ […]

तीन तहका सरकारको सहकार्यले मात्र नाकाको विकासले गति ल्याउछ:सभामुख घर्ती

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (बसन्त)ले तीन तहका सरकारहरुको सहकार्य भए मात्र नाका क्षेत्रको विकासले गति ल्याउने बताएका छन् । छिमेकी राष्ट्र भारतसंग जोडिएको दाङ जिल्लाको राजपुर गाउँपालिका अन्तरगत पर्ने २२ नाकाको भ्रमण तथा अबलोकन गर्न दुई दिनका लागि मंगलबार नाका क्षेत्रमा पुगेका सभामुख घर्तीले सो कुरा बताएका हुन् ।आफ्नो काम विशेषले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]