
Rbs
Nssbus7
Gsl
dsbus
Syees
syysr
gms
Ratbs
Csbus
Ssbus
Ddhbs
Bksbus5
Amb
Gsbus
Pbu
Jsbus

Rgu
Rsb
Bbu
Ggd
Vor
nsb
Gst
Sls
Pvg
Bbbpu
Ksm
Asm
Rgu
Sbs
Rgs
Ssm
Wsp
Tsm
Hal

Abd
Gsb
Bml
Jmb
Syp
Ptm
Rmb
sab
bbt
Jmb
Rpp
Mks
Pls
काठमाडौं । भृकुटीमण्डपमा भएको नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति चयन भएका छन् ।
निर्वाचन आयोगले सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची पढेर सुनाउँदै सबै निर्विरोध निर्वाचित भएको जानकारी गराएको छ ।
निर्विरोध निर्वाचित भएपछि सभापति थापालाई शपथ ग्रहण गराइएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भने बिहीबार दिउँसो शपथ ग्रहणको कार्यक्रम राखिएको जानकारी गराइएको छ ।
नेपाली काङ्ग्रेसको उपसभापति चुनिएका विश्वप्रकाश शर्माले विधिको माध्यमबाटै मध्यरातमा नयाँ केन्द्रीय कार्यसमिति विधिबाटै चुनिएको बताएका छन् ।
मध्यरातपछि सुरु भएको घोषणा कार्यक्रम २ बजेमात्रै सकिएको थियो । उपसभापतिहरु दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
त्यस्तै,सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली,आदिवासीतर्फ बहादुरसिंह लामा,खसआर्यतर्फ उदय शम्शेर जबरा,मधेशीतर्फ मुक्ताकुमारी यादव,मुस्लिमतर्फ फरमुल्लाह मन्सुर,थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।
