Sidha Patra बिहिबार, माघ ०१, २०८२

काठमाडौं । भृकुटीमण्डपमा भएको नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति चयन भएका छन् ।

निर्वाचन आयोगले सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची पढेर सुनाउँदै सबै निर्विरोध निर्वाचित भएको जानकारी गराएको छ ।

निर्विरोध निर्वाचित भएपछि सभापति थापालाई शपथ ग्रहण गराइएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भने बिहीबार दिउँसो शपथ ग्रहणको कार्यक्रम राखिएको जानकारी गराइएको छ ।

नेपाली काङ्ग्रेसको उपसभापति चुनिएका विश्वप्रकाश शर्माले विधिको माध्यमबाटै मध्यरातमा नयाँ केन्द्रीय कार्यसमिति विधिबाटै चुनिएको बताएका छन् ।

मध्यरातपछि सुरु भएको घोषणा कार्यक्रम २ बजेमात्रै सकिएको थियो । उपसभापतिहरु दुई जनामा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

त्यस्तै,सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली,आदिवासीतर्फ बहादुरसिंह लामा,खसआर्यतर्फ उदय शम्शेर जबरा,मधेशीतर्फ मुक्ताकुमारी यादव,मुस्लिमतर्फ फरमुल्लाह मन्सुर,थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]