
Syees
Gsbus
Ratbs
Nssbus7
Pbu
gms
dsbus
Csbus
Ssbus
Jsbus
Amb
Gsl
syysr
Ddhbs
Rbs
Bksbus5

Bbbpu
Rgs
Bbu
Asm
Ssm
Rgu
Sbs
Vor
Rgu
Pvg
nsb
Gst
Sls
Wsp
Ksm
Ggd
Hal
Rsb
Tsm

Bml
Gsb
bbt
Rpp
Abd
Rmb
Syp
Mks
Ptm
Jmb
Jmb
sab
Pls
काठमाडौं । नेपाल लगायत ७५ देशका नागरिकहरुका लागि अमेरिकी विदेश मन्त्रालयले आगामी २१ जनवरीदेखि लागू हुने गरी आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ ।
त्यस्तै विदेश मन्त्रालयले आफ्नो स्क्रिनिङ र जाँचका मापदण्डहरू पुनरावलोकन नगरेसम्म कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनी अधिकार प्रयोग गर्दै भिसा अस्वीकार गर्न निर्देशन दिएको हो । यो स्थगन अनिश्चितकालका लागि रहने र पुनरावलोकन सकिएपछि मात्र हटाइने मन्त्रालयले जनाएको छ ।
यस्तै यो कदम आप्रवासीहरु अमेरिका आएपछि सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावनालाई रोक्न र सम्बन्धित कानुनहरुको कार्यान्वयनमा कडाइ गर्न चालिएको पनि विदेश मन्त्रालयले जनाएको छ । यो निर्णय नेपाल लगायत बंगलादेश, अफगानिस्तान, पाकिस्तान,भुटान, ब्राजिल,थाइल्यान्ड, यमन,इरान,इराक,नाइजेरिया लगायतका ७५ देशका लागि लागू गरिएको हो ।
त्यस्तै नयाँ निर्देशिका अनुसार अब भिसा अधिकारीहरुले आवेदकको उमेर,स्वास्थ्य अवस्था,आर्थिक स्रोत,अंग्रेजी भाषाको ज्ञान र दीर्घकालीन चिकित्सा उपचारको आवश्यकता जस्ता पक्षहरूको सुक्ष्म मूल्याकंन गर्नेछन्।
सूचीमा रहेका देशहरु निम्नानुसार छन् ।
अफगानिस्तान,अल्बानिया,अल्जेरिया,एन्टिगुवा र बारबुडा, आर्मेनिया,अजरबैजान,बहामास, बंगलादेश,बार्बाडोस,बेलारुस, बेलिज,भुटान, बोस्निया,ब्राजिल,बर्मा,कम्बोडिया, क्यामरुन,केप भर्डे,कोलम्बिया,कोटे डी आइभोरी,क्युबा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो,डोमिनिका,इजिप्ट, इरिट्रिया,इथियोपिया, फिजी,गाम्बिया, जर्जिया, घाना,ग्रेनाडा,ग्वाटेमाला,गिनी,हाइटी,इरान, इराक, जमैका, जोर्डन,कजाकिस्तान,कोसोभो,कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया,लिबिया,म्यासेडोनिया,मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को,नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, गणतन्त्र कङ्गो,रुस,रुवाण्डा,सेन्ट किट्स एण्ड नेभिस,सेन्ट लुसिया,सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिन्स,सेनेगल,सिएरा लियोन, सोमालिया,दक्षिण सुडान,सुडान,सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो,ट्युनिसिया,युगान्डा, उरुग्वे,उज्वेकिस्तान र यमन रहेका छन् ।
