
Ses
Unsku
cjs
Rgp
Rgp1
Sgr
Lnp
Srbpu
Gfs
pku
Pbu
Djs
Pes
Ggp

Sbs
Gst
nsb
Tsm
Rgu
Bbu
Rgs
Ssm
Wsp
Ggd
Ksm
Bbbpu
Hal
Sls
Pvg
Rgu
Vor
Asm
Rsb

Ptm
Jmb
bbt
Bml
Rmb
Pls
Syp
Jmb
sab
Mks
Gsb
Abd
Rpp
काठमाडौं । आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदै छ ।
त्यस्तै यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समाराेह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । यसैगरी आज दिउँसो २ः२४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षाका लागि राष्ट्रिय अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदैछ ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।
विस १९९० को भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो ।
यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६७० जनाको ज्यान गएको थियो भने ७ लाख भन्दा बढी आवासमा क्षति पुगेको थियो । भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउने उद्देश्यले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।अनलाइनखबर
