
Ggp
Unsku
pku
Sgr
Pbu
Djs
cjs
Ses
Rgp1
Gfs
Rgp
Lnp
Srbpu
Pes

Asm
Rgs
Tsm
nsb
Bbbpu
Sls
Pvg
Sbs
Ksm
Gst
Rgu
Rgu
Wsp
Vor
Ggd
Rsb
Hal
Ssm
Bbu

Rmb
Bml
Abd
Jmb
sab
Rpp
Syp
bbt
Jmb
Mks
Ptm
Pls
Gsb
दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (बसन्त)ले तीन तहका सरकारहरुको सहकार्य भए मात्र नाका क्षेत्रको विकासले गति ल्याउने बताएका छन् ।
छिमेकी राष्ट्र भारतसंग जोडिएको दाङ जिल्लाको राजपुर गाउँपालिका अन्तरगत पर्ने २२ नाकाको भ्रमण तथा अबलोकन गर्न दुई दिनका लागि मंगलबार नाका क्षेत्रमा पुगेका सभामुख घर्तीले सो कुरा बताएका हुन् ।
आफ्नो काम विशेषले २०५४ सालमा भौवा नाकामा पुगेको र एक हप्तासम्म बसेको स्मरण गर्दै घर्तीले नाका क्षेत्रमा आफू लुम्बिनी प्रदेशको सभामुख भैसकेपछि तीन वर्ष पहिले नाकाको भ्रमण तथा अबलोकन गर्ने इच्छा भएपनि विविध कामले आउन नसकेको र अहिले चाहिँ संसद नचलेको समय मिलाएर दुई दिनका लागि नाकामा आफू आएको बताए ।
नाकाली जनताको जीवन स्तर र सुरक्षाको अवस्था लगायत नाकाको भूगोलहरु अबलोकनगर्न आफू नाका आउँदै गर्दा पहिलेको भन्दा अहिले धेरै विकास भएको र अझै प्रमुख बाटोघाटो,सञ्चार, विद्युत,खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षा व्यवस्थालाई दीगो रुपमा विकास गर्न स्थानीय सरकारले प्रदेश र संघ सरकारलाई आफ्नो पालिकाको समस्यहरु दर्शाउन सके मात्र नाकामा ठुला योजना पर्ने र सो योजनाबाट हरेक विकास दीगो रुपमा हुने सभामुख घर्तीले बताए ।
उनले राजपुर-७,भैसाही जेल्बाङ खोला निवासी ८३ वर्षीय भिमु बहादुर पुन मगरसंग भेटघाटगरि नाकाको बारेमा जानकारी लिएका थिए । त्यसपछि भैसाहीमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा पुगेर स्वास्थ्यको अवस्था बारेमा बुझेका थिए ।
त्यसैगरी वडा नम्बर ७ को भौवा नाकामा पनि भेटघाट र अबलोकन गरेका थिए । भौवामा पुग्दै गर्दा उनले ७ नम्बर वडाका निवर्तमान वडा सदस्य निम कुमारी झाक्रीसंग पनि भेटघाट गरेका थिए भने शिव शक्ति माध्यमिक विद्यालय भौवाको शिक्षा अवस्था बारेमा बुझेका थिए । त्यसपछि ७ नम्बर वडा अध्यक्ष पुष्कर वलीले दाङको भौवा नाका र बाँकेको कुसुम जोड्ने बाटोको स्थलगत अबलोकन गराएका थिए ।
त्यस्तै अबलोकनको क्रममा बाटोमा लगाइएका हेमपाइपहरु सबै वर्षाले भत्काएर हिड्न र सवारीसाधन आवागमन समेत असहज भएको पाइएको थियो । उक्त बाटोको अबलोकन गर्दै सभामुख घर्तीले राजपुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाले सरसल्लाह गरेर प्रदेश सरकारसंग संपुरक बजेटको माग गरे तत्काल सो समस्या समाधान हुने बताए । सोही क्रममा ७ नम्बर मनौरा नाकामा सिमसार रहेकोले उक्त स्थानमा पानी सिचाइको लागि ड्यामका लागि पहल गरिदिन वडा अध्यक्ष वलीले सभामुखसंग माग गरेका थिए ।
यस्तै अस्थायी सशस्त्र प्रहरी बल भौवामा पुगेर कार्यालय प्रमुख महिलाल चौधरीसंग त्यहाँको बारेमा समेत जानकारी लिएका थिए । सो क्रममा स्थानीय बुद्धिजीवीले कुसुम र भौवा नाका जोड्ने बाटो र टावर व्यवस्थित रुपमा संचालनका लागि सभामुख घर्तीसंग माग गरेका थिए ।
त्यस्तै बुधबार बिहान सभामुख घर्तीले वडा नम्बर ६ खाङ्ग्रामा रहेको इलाका प्रहरी कार्यालय खाङ्ग्राका कार्यालय प्रमुख खगेन्द्र नाथ योगीसंग सुरक्षा व्यवस्था बरेमा बुझेका थिए । सोही क्रममा सशस्त्र प्रहरी बल नेपाल खाङ्ग्राका कार्यालय प्रमुख दुत प्रसाद नेपालीसंग भारतका एसएसबिसंगको समन्वय र नागरिकलाई दिने सुरक्षा व्यवस्था के कस्तो रहेको छ भनेर सभामुख घर्तीले बुझेका थिए ।
त्यसपछि उनले ७६ वर्षीय खुमबहादुर खत्री लगायत स्थानीय बुद्धिजीवीसंग भेटघाट गरेर नाकाको बारेमा बुझेका थिए । उनले हुलाक घर र भनसार घरको बारेमा समेत बुझेका थिए । यसैगरी उनले बालकल्याण माध्यमिक विद्यालय,एकीकृत सेवा इकाईको समेत अबलोकन गरेका थिए ।
त्यस्तै ६ नम्बर वडा अन्तर पर्ने सशस्त्र प्रहरी वल कल्याणपुरको बारेमा बुझेका थिए । त्यसपछि उनले सशस्त्र प्रहरी बल सुख्खाको समेत अबलोकन गरेका हुन् । सभामुख घर्तीले बाल बिसौनी आधारभूत विद्यालय राजपुर १ पटौली नाका र सामुदायिक स्वास्थ्य इकाईको बारेमा समेत बुझेका थिए । यसैगरी उनले अस्थायी प्रहरी पोस्ट सिरिया नाकाका कार्यालय प्रमुख कनहैया चौधरीसंग पनि सुरक्षा बारेमा बुझेका थिए । सोही क्रममा सभामुख घर्तीले सिमामा रहेक पिलरहरुको बारेमा बुझेका थिए ।
सिरियादेखि-सुकौली हुँदै अन्य नाकामा जाने बाटोको असहज भएपछि सभामुख घर्ती सिरिया हुँदै माररी र बेला जोड्ने बाटो अवस्था बुझेका थिए । त्यसपछि माररी खोला हुँदै गुरुङ खोला पुगेर त्यहाँको सामुदायिक स्वास्थ्य इकाई गुरुङ खोला र ज्योति आधारभूत विद्यालयको बारेमा बुझेर सभामुख घर्तीले आफ्नो दुई दिने अबलोकन तथा भ्रमणको बिट मारेका थिए ।
आफ्नो नाकाको भ्रमणको बिट मार्दै सभामुख घर्तीले समग्र नाकाको समस्या आफुले प्रत्येक्ष बुझेको हुँदा आफूले यस क्षेत्रका सांसदसंग बसेर छलफल गर्ने र प्रदेश सरकारबाट सक्दो बजेटका लागि पहल गर्ने समेत बताए । यस्तै उनले संघीय सरकारका प्रतिनिधि र मन्त्रीहरुसंग छलफल गरि नाकाको विकासका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
त्यस्तै उक्त भ्रमण तथा अबलोकनमा राजपुर गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका मगर,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वली,कार्यपालिका सदस्य सन्देश बिक,७ नम्बर वडा सचिव दीपक राना मगर,गोरखा ग्रुप तथा रिडी ग्रुप लिमिटेडका सदस्य मानबहादुर बुढा मगर,वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष विष्णु बुढा मगर,नेपाली कम्युनिस्ट पार्टी राजपुरका नेता देबिराम सुनार (अपिल)लगायतको उपस्थिति रहेकोे थियो ।


