
Rgp
pku
Rgp1
Gfs
Sgr
Pes
Pbu
Lnp
cjs
Srbpu
Unsku
Djs
Ses
Ggp

Sls
nsb
Wsp
Rgu
Rsb
Rgu
Rgs
Ssm
Bbbpu
Hal
Ggd
Pvg
Gst
Ksm
Bbu
Sbs
Tsm
Asm
Vor

Syp
Rmb
Bml
bbt
Mks
Pls
Rpp
Ptm
Jmb
Abd
Jmb
Gsb
sab
दाङ । देउखुरी क्षेत्रमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो । दुर्घटना बिहीबार साँझ करिब ५ः३० बजे पुर्ब -पश्चिम सडक खण्ड लमही -७ नयबस्तीमा भएको हो।
लमहीबाट रिहारतर्फ जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारबाट लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
त्यस्तै बसमा सवार राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी र शिला परियार तथा मोटरसाइकलमा विशाल चौधरीसँगै सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी घाइते भएका छन्। साथै बस धनी सुशील वली पनि घाइते भएको प्रहरीले जनाएको छ।
अहिले घाइतेहरुको उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
