टेकेन्द्र ओली बिहिबार, माघ ०१, २०८२

दाङ । देउखुरी क्षेत्रमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो । दुर्घटना बिहीबार साँझ करिब ५ः३० बजे पुर्ब -पश्चिम सडक खण्ड लमही -७ नयबस्तीमा भएको हो।

लमहीबाट रिहारतर्फ जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारबाट लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।त्यस्तै बसमा सवार राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी र शिला परियार तथा मोटरसाइकलमा विशाल चौधरीसँगै सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी घाइते भएका छन्। साथै बस धनी सुशील वली पनि घाइते भएको प्रहरीले जनाएको छ।

अहिले घाइतेहरुको उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]