
lnp
Lks
Lnp
Rgp
Ggp
Rgp
Rgp
Ggp
Jns
Sgp
Dus
Usb
Asb
Rgp
ksb

lms

दाङ । तुलसीपुर स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका वडा नम्बर –४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो।
त्यस्तै चौधरी गत मङ्सिर २८ गते लागुऔषध ब्राउनसुगर सहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए । पाँच दशमलव १० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका उनी विरुद्ध मुद्दा चलिरहेको थियो । बिहान एक्कासी बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
