
Rgp
Sgp
lnp
Rgp
Dbs
Rgp
Rgp
Jns
ksb
Lks
Ggp
Dus
Usb
Lnp
Asb
Pbu
Ggp
काठमाडौँ । आज आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । त्यस्तै निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिन लागेको हो। प्रचार तथा प्रकाशन विभागका […]
काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभएर परिवर्तन आएको बताएकी छिन् । सामाजिक संजाल फेसबुक मार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन् ,‘अहिले युवाले,नेपाली समाजले,नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली काङ्ग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी […]
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गर्दै दाङका ३ वटै निर्वाचन क्षेत्रमा शुक्रवार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय घोराहीमा उद्घाटन गरिएको छ । कार्यालयको उदघाटन मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले गरेका हुन् । […]
कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना स्काभेटरका अपरेटर र एक जना सहचालक रहेको कालीकोटका […]
काठमाडौं । निर्वाचन आयोगले नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार आज बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । त्यस्तै उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा […]
काठमाडौं । नेपाली काङ्ग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधर दुवैले आ-आफ्नै आधिकारिकता दाबी गरिरहेका छन् । आधिकारिकता बारेको विवाद निर्वाचन आयोगमा पुगेको छ । त्यस्तै आयोग परिसरमा दुवै पक्षबाट प्रदर्शन गर्ने, धर्ना दिनेजस्ता गतिविधि बढेको छ । आज दिनभर आयोगमा काङ्ग्रेसका नेता कार्यकर्ताको बाक्लै चहलपहल देखिएकाे छ । विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ। माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी उनले दिए । त्यस्तै पाण्डेले आफूले राजीनामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसमक्ष बुझाइसकेको बताएका छन् । राजीनामापछि पाण्डे काठमाडौँबाटै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।
दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडकको निर्माणको अवस्थाबारे जानकारी लिएका छन् । यस क्षेत्रको बहुप्रतिष्ठित योजनाका रुपमा रहेको चारलेन सडक निर्माणस्थलमै पुगेर महासचिव पोखरेलले सडक निर्माणको प्रगतिका विषयमा जानकारी लिएका हुन् । डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले महासचिव पोखरेलले सडक निर्माणमा केही समस्या भए सहजीकरण गर्न तयार रहेको […]
झापा । झापा र मोरङमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–१० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा एक पुरुषको शव फेला परेको हो। करिब ५५ वर्षका देखिने ती मृतक पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। प्रहरीले बिहीबार शव फेला पारेपछि उनको पहिचान गर्ने प्रयास गरिरहेको […]
महेन्द्रनगर । महेन्द्रनगरमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो । त्यस्तै बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएकामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । बस र त्यसका […]