साधारण नमूना माविद्वारा विद्यालय मर्मत शीर्षकमा भर्ना शुल्क,पालिकाद्वारा शुल्क नलिन आदेश

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५, सालभौरी स्थित साधारण नमूना माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुसँग भर्ना शुल्क लिएको छ । राजपुर गाउँपालिकाले पालिका भित्रका ३२ वटा विद्यालयहरुमा शुल्क हताएर,कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गराएको भएपनि विद्यालयले विद्यार्थीहरुसँग भर्ना शुल्क लिएको हो । विद्यालयले विद्यालय मर्मत गर्ने शीर्षकमा कक्षा ६ […]

राजावादीहरू जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने

काठमाडौं । राजावादी शक्तिहरुले राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा गरेका छन् । आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने तथा राजसंस्था र हिन्दु राष्ट्र स्थापन नभएसम्म नटुंगिने उनीहरूको निर्णय छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज एक कार्यक्रम गरी संयुक्त आन्दोलनको घोषणा गरेको हो। यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य […]

नक्कली नोट १ सय ८६ थान सहित अधिकारी पक्राउ

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर -१५ ,रातोमाटेबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका वडा नम्बर-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट […]

सरकारले पहिला गरेका सम्झौता पुरा नगरेको भन्दै लघुवित्त पीडितहरुद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौँ । लघुवित्त पीडितहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितको आन्दोलन सुरु भएको १ महिना १० दिन भइसक्दा पनि सरकारले पहिला गरेका सम्झौता पुरा गर्न नसकेको भन्दै बिहीबार उनीहरुले प्रदर्शन गरेका हुन् । त्यस्तै सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू चैतमा काठमाडौँ […]

तरकारी खेतीलाई प्रवर्धन गर्दै राप्ती,क्षेत्रफलकाे आधारमा अनुदानको लागि अनुगमन सुरु

दाङ । राप्ती गाउँपालिकाले क्षेत्रफलमा आधारित तरकारी खेती प्रोत्साहन कार्यक्रमअन्तर्गत किसान छनोट प्रक्रिया तीव्र बनाएको छ । कार्यक्रमको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले स्थलगत अनुगमन थालेको हो। कम्तीमा तीन कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका कृषकहरूलाई लक्षित गर्दै पालिकाले प्रति कठ्ठा २ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको कृषि शाखा प्रमुख बरसाती […]

गढवामा आयाम सहकारीको भवन उद्घाटन

दाङ । गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको आयाम बहुउद्देश्यिय सहकारी संस्थाले बुधवार एक कार्यक्रमका बिच आफ्नो नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेको छ । संस्थाका अध्यक्ष ओंम प्रकाश बसेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले रिवन काटेर भवनको बिधिवत उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थारुले […]

वडाध्यक्ष माथि कुटपिट,तीन जना दशदिनदेखि प्रहरी थुनामा

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७,का वडाध्यक्ष दीपेन्द्र बममाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ । त्यस्तै उनलाई कुटपिट गरेको आरोपमा तीन जना युवाहरु १० दिनदेखि प्रहरीको थुनामा रहेको खुलेको हो ।धनगढी उपमहानगरपालिका–८,कान्तिपुर टोलमा वडाध्यक्ष बम र त्यही बस्ने युवाहरूबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । उनीहरुको बिचमा वैशाख १५ गते राति […]

गढवामा कपडा बैंक उद्घाटन,हुनेले दिने–नहुनेले लिने

दाङ । नेपालका सात सय त्रिपन्न स्थानीय तह मध्ये एक बर्षभित्र १ सय ५४ पालिकामा पुगेको कपडा बैंक अभियान गढवा गाउँपालिकामा एक कार्यक्रमका बिच बुधवार उद्घाटन भएको छ ।गढवा गाउँपालिका र कपडा तथा खाद्य बैंक नेपालको साझेदारीमा यो अभियानको एक कार्यक्रम बिच बुधवार जिल्लामै पहिलो पटक सुभारम्भ गरिएको हो । यो अभियान अन्तर्गत प्रयोगमा नआएका […]

दुई सया ग्राम बढी लागुऔषध ब्राउन सुगर सहित एक जना महिला पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय भालुवाङले लागुऔषध ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ । मंगलवार बेलुका करिव ५ः५० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर १,भालुवाङ पुलचोक नजिकैबाट प्रहरीले ती महिलालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा राप्ती गाउँपालिका–२, बराखुट्टी निवासी २० वर्षीया सरिता सार्की रहेको जिल्ला प्रहरी कार्यालय […]

सुनको मूल्य तोलामा १ हजार ७ सय बढ्यो

काठमाडौँ । बुधबार आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो । जसअनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]