
Rksr-7
Jsbr-3
Usbl-7
Gsbg-3
Csbg-7
ksbl-7
Jsbg-7
Gsbr-6
Pbu
Msbg-2


मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर -१५ ,रातोमाटेबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका वडा नम्बर-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौँडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
