Sidha Patra बुधबार, बैशाख २४, २०८२

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७,का वडाध्यक्ष दीपेन्द्र बममाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

त्यस्तै उनलाई कुटपिट गरेको आरोपमा तीन जना युवाहरु १० दिनदेखि प्रहरीको थुनामा रहेको खुलेको हो ।धनगढी उपमहानगरपालिका–८,कान्तिपुर टोलमा वडाध्यक्ष बम र त्यही बस्ने युवाहरूबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । उनीहरुको बिचमा वैशाख १५ गते राति कुटाकुट भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कुटपिटको घटनामा संलग्न रहेको आरोपमा तीन जना नियन्त्रणमा रहेको बताएका छन् । उनले धनगढी उपमहानगरपालिका –८,का २८ वर्षीय सन्तोष चौधरी,कैलारी गाउँपालिका –२,बसौटी घर भइ धनगढी– ८,मा बस्दै आएका २२ वर्षीय अनुराज चौधरी र २७ वर्षीय महेन्द्र चौधरी प्रहरीको थुनामा छन् ।

त्यस्तै उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्‍दा दर्ता गरिएको छ । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । दिनेशखबरबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]