Sidha Patra बुधबार, बैशाख २४, २०८२

दाङ । इलाका प्रहरी कार्यालय भालुवाङले लागुऔषध ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ ।

मंगलवार बेलुका करिव ५ः५० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर १,भालुवाङ पुलचोक नजिकैबाट प्रहरीले ती महिलालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ पर्नेमा राप्ती गाउँपालिका–२, बराखुट्टी निवासी २० वर्षीया सरिता सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको टोलीले गाडी चेकजाँच क्रममा गाडीमा सवार ती महिलालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

यस्तै सार्कीको रीतपूर्वक खानतलासी गर्दा उनले भित्री कपडामा लुकाएको अवस्थामा २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकी महिलालाई बुधवार जिल्ला अदालत दाङबाट म्याद थप गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]