
Usbl-7
Jsbg-7
Csbg-7
Rksr-7
Pbu
Msbg-2
ksbl-7
Gsbg-3
Gsbr-6
Jsbr-3


दाङ । नेपालका सात सय त्रिपन्न स्थानीय तह मध्ये एक बर्षभित्र १ सय ५४ पालिकामा पुगेको कपडा बैंक अभियान गढवा गाउँपालिकामा एक कार्यक्रमका बिच बुधवार उद्घाटन भएको छ ।
गढवा गाउँपालिका र कपडा तथा खाद्य बैंक नेपालको साझेदारीमा यो अभियानको एक कार्यक्रम बिच बुधवार जिल्लामै पहिलो पटक सुभारम्भ गरिएको हो । यो अभियान अन्तर्गत प्रयोगमा नआएका प्रयोगजन्य कपडाहरुलाई प्रशोधन गरेर नयाँ बनाईने र ति कपडाहरुलाई आपत् विपद्मा परेका र नयाँ किन्न नसक्ने नागरिकहरुलाई निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको कपडा बैंक नेपालका प्रमुख कमल जिसीले जानकारी दिए ।
कोहि पनि नागरिक कपडा विहिन नहोउन भन्ने अवधारणा अनुरुप हुनेले दिनेर नहुनेले लिने निःशुल्क अभियान रहेको जिसीले जानकारी दिए । घर टोल समाजलाई स्वच्छ र सफा राखौँ,कोहिपनि नागरिकहरु कपडा विहिन नहुन भन्ने मुल मन्त्रलाई आत्मासात गर्दै पूण्ड्य कार्यमा सहभागि बनौं भन्ने मान्यताका साथ गढवामा कपडा बैंकको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए ।
नागरिकलाई सहयोग गरौं–कपडा बैंकमा प्रयोग विहिन कपडा सबैले जम्मा गरौं भन्ने अभियानलाई सञ्चालन गरि प्राकृतिक प्रकोप पिडित तथा सिमान्तकृत र बेसाहारा नागरिकहरुलाई आवश्यकता अनुसारका निःशुल्क वितरण गर्ने पालिकाको लक्ष्य रहेको अध्यक्ष शर्माले बताए ।
अभियान अन्तर्गत गाउँपालिकामा एउटा बपडा बैंक बक्स राखिएको छ, त्यसमा जो कसैले पनि घरमा प्रयोग बिहिन भएर रहेका कपडाहरु लगेर राख्नि पाईन्छ र ति कपडाहरु बुटवलमा रहेको प्रशोधन केन्द्र लगेर प्रशोधन गरिने र नयाँ टाईजिन र प्याकिङ गरि नागरिकहरुले सजिलै प्रयोग गर्न सकिने अवस्थामा ल्याइने कपडा बैंकका प्रमुख कमल जिसीले जानकारी दिए ।
हालसम्म १५४ पालिकाहरुमा कपडा बैंक अभियान सञ्चालन गरिएको, २७ हजार स्क्विायर फिटमा वेयर हाउस खोलिएको र २२ जनालाई रोजगार प्रदान समेत गर्न सफल भएको प्रमुख जिसीले बताए । घरमा प्रयोग विहिन भएर बाकसमा राखिएका कपडाहरु बैंकलाई दिएर नागरिकहरुलाई सहयोग गरि पुण्य कमाउन उनले कार्यक्रमका सहभागिहरुलाई आग्रह गरे । कपडा बैंक सञ्चालन अभियान मार्फत थोरै समयमै देशमा एक हजार बढी बैंकहरु सञ्चालन गर्ने र मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने बैंकको लक्ष्य रहेको उनले बताए ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कपडा बैंक उद्घाटन कार्यक्रममा निर्वाचित जनप्रतिनिधीहरु, कर्मचारीहरु, संघसंस्था तथा स्थानीय सामाजिक ब्यक्तित्वहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट आरम्भ भएको कार्यक्रमको सहजिकरण कपडा बैंक नेपालका प्रमुख कमल जिसी र गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।
